Logo
२३ जेष्ठ २०८०, मंगलवार
     Tue Jun 6 2023
E-paper
  English Edition
   Unicode
Logo

दाता सम्मेलनले टर्की र सिरियाका लागि भूकम्प सहायता जुटाउँदै



काठमाडौँ (ब्रसेल्स )। टर्की र सिरियामा गएको विनाशकारी भूकम्पबाट पीडितहरूलाई सहयोग गर्न अन्तर्राष्ट्रिय दाताहरूबाट रकम जुटाउने उद्देश्यले युरोपेली सङ्घले सोमबार ब्रसेल्समा सम्मेलन आयोजना गरेको छ । गत महिनाको विनाशकारी ७.८ म्याग्निच्युडको भूकम्पले सम्पूर्ण शहरहरूलाई समतल बनाएको थियो । भूकम्पका कारण दक्षिणपूर्वी टर्की र युद्धग्रस्त सिरियाका केही भागहरूमा गरी ५० हजार भन्दा बढी मानिसहरूको मृत्यु भएको बताइएको छ ।

लाखौं विस्थापित भएका छन् र संयुक्त राष्ट्रसङ्घको प्रारम्भिक अनुमानले टर्कीमा मात्रै १०० अर्ब डलरभन्दा बढीको क्षति भएको छ । यस क्षेत्रमा गत हप्ता आएको बाढीले थप दुःख भएको जनाइएको छ । अस्थायी आश्रयमा बस्ने १४ जना मानिसको मृत्यु भएको बताइएको छ ।

संयुक्त राष्ट्र विकास कार्यक्रमले यस महिनाको सुरुमा फेब्रुअरीको मध्यमा तत्काल कोषका लागि गरिएको आह्वानलाई कमजोर स्तरको प्रतिक्रियाको बारेमा गुनासो गरेको छ ।

सहायता सङ्गठन इन्टरनेशनल रेस्क्यु कमिटी (आईआरसी) ले दाताहरूलाई कम्तीमा टर्कीका लागि एक अर्ब अमेरिकी डलर र सिरियाका लागि ३९ करोड ७० लाख अमेरिकी डलरको संयुक्त राष्ट्रसङ्घको आपतकालीन अनुरोध अनुसार पूर्ण रूपमा रकम उपलब्ध गराउन आग्रह गरेको छ ।

संयुक्त राष्ट्रसङ्घले टर्कीको अनुरोध हालसम्म १६ प्रतिशत मात्र पूरा भएको बताएको छ भने सिरियाको मागको ७२ प्रतिशत पुरा भएको जनाएको छ । (रासस/एएफपी)

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुदूरपश्चिम । जाँड रक्सीको नशा लागेकाले आफ्नै घरमा कतिसम्मको क्षति पु¥याउँछन् भन्ने कुरा धनगढीमा

काठमााडौं । नबिल बैंक लिमिटेडले दिगो घर कर्जा योजना सार्वजनिक गरेको छ । विश्व

दमौली । पृथ्वीराजमार्ग विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारका घरटहरा भत्काउन थालिएको