back
CTIZAN AD

दाता सम्मेलनले टर्की र सिरियाका लागि भूकम्प सहायता जुटाउँदै

वि.सं.२०७९ चैत ६ सोमवार

801 

shares

काठमाडौँ (ब्रसेल्स )। टर्की र सिरियामा गएको विनाशकारी भूकम्पबाट पीडितहरूलाई सहयोग गर्न अन्तर्राष्ट्रिय दाताहरूबाट रकम जुटाउने उद्देश्यले युरोपेली सङ्घले सोमबार ब्रसेल्समा सम्मेलन आयोजना गरेको छ । गत महिनाको विनाशकारी ७.८ म्याग्निच्युडको भूकम्पले सम्पूर्ण शहरहरूलाई समतल बनाएको थियो । भूकम्पका कारण दक्षिणपूर्वी टर्की र युद्धग्रस्त सिरियाका केही भागहरूमा गरी ५० हजार भन्दा बढी मानिसहरूको मृत्यु भएको बताइएको छ ।

लाखौं विस्थापित भएका छन् र संयुक्त राष्ट्रसङ्घको प्रारम्भिक अनुमानले टर्कीमा मात्रै १०० अर्ब डलरभन्दा बढीको क्षति भएको छ । यस क्षेत्रमा गत हप्ता आएको बाढीले थप दुःख भएको जनाइएको छ । अस्थायी आश्रयमा बस्ने १४ जना मानिसको मृत्यु भएको बताइएको छ ।

संयुक्त राष्ट्र विकास कार्यक्रमले यस महिनाको सुरुमा फेब्रुअरीको मध्यमा तत्काल कोषका लागि गरिएको आह्वानलाई कमजोर स्तरको प्रतिक्रियाको बारेमा गुनासो गरेको छ ।

सहायता सङ्गठन इन्टरनेशनल रेस्क्यु कमिटी (आईआरसी) ले दाताहरूलाई कम्तीमा टर्कीका लागि एक अर्ब अमेरिकी डलर र सिरियाका लागि ३९ करोड ७० लाख अमेरिकी डलरको संयुक्त राष्ट्रसङ्घको आपतकालीन अनुरोध अनुसार पूर्ण रूपमा रकम उपलब्ध गराउन आग्रह गरेको छ ।

संयुक्त राष्ट्रसङ्घले टर्कीको अनुरोध हालसम्म १६ प्रतिशत मात्र पूरा भएको बताएको छ भने सिरियाको मागको ७२ प्रतिशत पुरा भएको जनाएको छ । (रासस/एएफपी)

 

वि.सं.२०७९ चैत ६ सोमवार १६:२० मा प्रकाशित

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

जाजरकोट । जिल्ला जाजरकोट नलगाड नगरपालिका ७ दानेपिपलस्थित डोल्पा जाजरकोट...

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

दमौली (तनहुँ) । जिल्लाका बजार क्षेत्रमा उद्योग– व्यवसाय सञ्चालन गर्नेको...

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

काठमाडौँ । आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको...

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दी । एक वर्षको अवधिमा म्याग्दीबाट रु ७३ करोड मूल्यबराबरको...

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक...