काठमाण्डौ । प्रवासी श्रमिकहरुलाई जोडने र उनीहरुको हकहितमा काम गर्ने गरी अखिल नेपाल प्रवासी श्रमिक मञ्च गठन गरीएको छ ।
नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित मंचको प्रथम सम्मेलनले अध्यक्षमा दुर्गा प्रसाद खतिवडा र महासचिवमा तेज प्रसाद सुवेदीलाई निर्वाचित गरेको छ ।
नेकपा (माओवादी केन्द्र) की स्थायी समिति सदस्य जयपुरी घर्तीको प्रमुख आतिथ्यता तथा मजदूर नेता जगत सिंखडा, धन बहादुर बिक लगायतको उपस्थितिमा सम्पन्न भएको सो सम्मेलनबाट १९ सदस्यीय कार्यसमिति समेत चयन गरिएको छ ।
प्रवासी श्रमिक मंचको प्रथम सम्मेलनले दुर्गाप्रसाद खतिवडा अध्यक्ष, बरिष्ठ उपाध्यक्षमा उद्धव सापकोटा, उपाध्यक्ष हेमन्त पौड्याल र हरि नेपाली महासचिव तेज प्रसाद सुवेदी ‘तुफान’ सचिव उत्तम बि.क.र कुल बहादुर आचार्य कोषाध्यक्ष कृष्ण चन्द्र मण्डल तथा सदस्यहरु यादव सुबेदी, दिर्गमान तामाङ, इन्द्रमणि न्यौपाने, अम्बर बहादुर घलान ‘निकेश’, नर बहादुर नेपाली, छबि गिरि, डिल्लिमाया कट्टेल, राजेन्द्र खतिवडा, सबिता अर्याल, रामचन्द्र अधिकारी लगायत रहेका छन् ।
सदस्य ईन्द्रमणि न्यौपानेका अनुसार सातै प्रदेश तथा जिल्ला र बिदेशमा समिति बनाउने योजना सहित नवनिर्वाचित केन्द्रीय कार्यसमिति अघि बढने भएको छ ।
वि.सं.२०७९ चैत २० सोमवार १२:४३ मा प्रकाशित






























