back
CTIZAN AD

पल शाह भिडियोमार्फत पुनः कमव्याक (भिडियाेसहित)

वि.सं.२०७९ चैत २० सोमवार

711 

shares

काठमाडौं । लामो समय पछी अभिनेता पल शाहले अभिनय गरेको भिडियो ‘तिमीसँगै हुँदा’ सार्वजनिक भएको छ । लोकप्रिय गीतकार निशा शर्मा अर्यालको रचनामा तयार पारिएको गीत तिमीसँगै हुँदा ओेएसआर डिजिटलबाट सार्वजनिक भएको हो ।

तिमीसँगै हुँदालाई निर्देशक तथा कोरियोग्राफर दिनेश पाख्रिनले निर्देशन गरेका हुन । अभिनेता पल शाह कानुनी प्रकृया लम्बिदा लामो समय कुनै पनि भिडियो र फिल्ममा देखिएनन् । उनी कानुनी प्रकृया सकेर बाहिर आए लगतै दिनेश पाख्रिन निर्देशित भिडियोमा काम गरेका हुन ।

पहिले नै सम्झौता भए अनुसार पलले तिमीसँगै हुँदामा काम गरेका हुन । जनक कार्की नृत्य निर्देशक रहेको गीतमा पलसँगै कला राई फिचर्ड छन् । रोमान्टिक लभस्टोरी गीतमा सन्तोष श्रेष्ठको संगीत र प्रकाश मिश्रको मिक्सिङ रहेको छ ।

निशा शर्मा अर्यालको शब्दलाई राजु कार्कीले एरेन्ज गरेका हुन । गीतमा प्रताप दास र अस्मिता अधिकारीको स्वर रहेको छ । यस्तै तिमीसँगै हुँदालाई राम केसीले खिचेका हुन भने सम्पादन, कलर र भिएफएक्स टेकेन्द्र शाहको रहेको छ ।

चलचित्र निर्माता तथा निर्देशक समेत रहेका दिनेश पाख्रिनले तिमीसँगै हुँदाको भिडियोलाई धेरै लगानीमा निर्माण गरेको बताएका छन् । गीत सर्लाहीको बागमती आसपास छांयाकन गरिएको छ । गीतले आन्तरिक पर्यटन प्रवर्द्वनमा सहयोग पुग्ने निर्माण पक्षले जनाएको छ ।

पल शाहले लामो समय पछी भिडियोमा अभिनय गरे बापत ३ लाख पारश्रमिक लिने बताएका छन् । निर्देशक पाख्रिनले भने पहिले नै सम्झौता हुँदा झण्डै ३ लाख नजिक पारश्रमिक दिएको बताएका छन् । पलले यसपछी होम प्रोडक्शनको भिडियोमा काम गर्दैछन् ।

वि.सं.२०७९ चैत २० सोमवार १२:५० मा प्रकाशित

२५ करोड मूल्य पर्ने सल्लाको आँख्ला भारत निकासी नहुँदा समस्या

२५ करोड मूल्य पर्ने सल्लाको आँख्ला भारत निकासी नहुँदा समस्या

नेपालगन्ज । सल्लाको आख्ला भारत निकासी नहुँदा जडीबुटी व्यवसायी समस्यामा...

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

गलकोट (बागलुङ) । बागलुङको तमानखोला गाउँपालिकाले सार्वजनिक जग्गालाई आय आर्जनसँग...

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...