back
CTIZAN AD

अमेरिकामा नेपाली महिलाका समस्याबारे फिप्नाको अन्तरक्रिया कार्यक्रम

वि.सं.२०७९ चैत २० सोमवार

939 

shares

अमेरिका । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) ले अमेरिकामा रहेका नेपाली महिलाहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर २६ मार्चमा आयोजित उक्त कार्यक्रममा नेपाली डायस्पोराको विभिन्न संघसंस्थाका प्रतिनिधहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा हाउजिङ पार्ट न्यूयोर्क सीटी सिभिल कोर्टका न्यायाधीश रीना गुरुङ तथा अधिकारका अर्गानाइजिङ र प्रोग्राम डाईरेक्टर नर्वदा क्षेत्री अतिथि वक्ताका रुपमा रहेका थिए । गुरुङलाई नेपाली अमेरिकन पहिलो महिला न्यूयोर्क सीटी कोर्टको न्यायाधीश नियुक्त भएकोमा फिप्नाले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएको थियो ।

संस्थाका अध्यक्ष राज कुमार बिष्टको अध्यक्षता रहेको उक्त कार्यक्रमको सहजकर्ताका रुपमा संस्थाकी महासचिव टोमा लामा रहेकी थिइन् भने कोषाध्यक्ष तुल बहादुर तामाङले उपस्थित सबैमा स्वागत मन्तव्य दिएका थए ।

कार्यक्रममा अतिथि वक्ता गुरुङले आप्रवासी महिलाहरुको संरक्षणमा अन्तर्राष्ट्रिय मानव अधिकार कानूनको भूमिका र विशेष आप्रवासी आदिवासी महिलाहरुको अधिकारको विषयमा प्रस्तुती दिएकी थिइन् । उनले नेपालमा जस्तै अमेरिकामा पनि कतिपय नियम कानूनहरु कागजमा राम्रो भएता पनि कार्यान्वयनमा आएको नआएको बताइन् ।


‘यो समस्यामा अमेरिका पनि अछुतो छैन । अमेरिकामा पनि आप्रवासी महिलाहरुको लागि कानूनमा हकअधिकार सुरक्षित भए पनि कतिपय कुराहरु व्यवहारमा लागु भएको छैन,’ न्यायाधिश गुरुङले भनिन्, ‘बाहिरबाट आएका आप्रवासी महिलाहरुले अमेरिकामा स्थापित हुनको लागि यहाँको महिला भन्दा दश गुणा बढी मेहेनत गर्नु पर्दछ ।’
त्यस्तै अर्का वक्ता क्षेत्रीले स्वास्थ्य सेवा र अन्य सामाजिक सेवाहरुमा पहुँच नहुने आप्रवासी महिला तथा आदिवासी महिलाहरुले सामना गर्ने फरक खालका चुनौतिहरुको बारेमा प्रस्तुति दिएकी थिइन् ।

क्षेत्रीले अमेरिकामा लामो समय महिलाको क्षेत्रमा काम गरेको अनुभव सुनाउँदै अधिकांश महिलाहरु सुरुमा अमेरिकामा आउँदा अलि बढी संर्घष गर्नुपर्ने बताइन् । ‘कतिपय सेवा सुविधाहरु अमेरिकाको सरकारले सुनिश्चत गरेको भएतापनि जनचेतनाको कमी तथा जानकारी नहुनाले सेवा सुविधाबाट आप्रवासी महिलाहरु बञ्चित हुन्छन्,’ उनले भनिन्, ‘रोजगारी तथा कामको लागि कतिपय महिलाहरुले भाषा तथा कामको दक्षताको कमीले पनि अमेरिका आएको शुरुवाती दिनमा आप्रवासी महिलाले बढी संघर्ष गर्नुपर्ने देखिन्छ ।’

क्षेत्रीले यस्ता समस्याहरु समाधानका लागि आफ्नो संस्थाले आप्रवासी महिलाहरुलाई सुचित गर्ने, क्षमता अभिवृद्धि गर्ने, अमेरिकामा प्रचलित रोजगारीको लागि चाहिने सीपमुलक तालिम तथा अँग्रेजी भाषाको कक्षाहरु संचालन गर्दै आएको बताइन् ।

कार्यक्रम संहजकर्ता लामाले महिलाको ११३ औं अन्तराष्ट्रिय महिला दिवसको नारा प्रविधिसंग समानताको कुरा जोडिएकोले प्रविधिमा संसारभरका महिलाहरुको सहज पहुँच हुनुपर्ने बताइन् । उनले हरेक क्षेत्रको विकासको लागि महिला र पुरुष समानरुपले अघि बढे मात्र सम्भव रहेको बताइन् ।

अन्तमा फिप्नाका अध्यक्ष बिष्टले सबै वक्ता तथा सहभागी सबैलाई विशेष धन्यवाद ब्यक्त गर्दै महिला हकहित, अधिकारको पक्षमा र विविध बिषयमा बैचारिक बहस तथा विचारहरुको आदान–प्रदानले पक्कै पनि समुदायमा महिला र पुरुष समानता र समाबेसी परिवर्तनमा टेवा पुग्ने बताउँदै अन्तरक्रिया कार्यक्रमको समापन गरिएको थियो ।

वि.सं.२०७९ चैत २० सोमवार १३:१९ मा प्रकाशित

२५ करोड मूल्य पर्ने सल्लाको आँख्ला भारत निकासी नहुँदा समस्या

२५ करोड मूल्य पर्ने सल्लाको आँख्ला भारत निकासी नहुँदा समस्या

नेपालगन्ज । सल्लाको आख्ला भारत निकासी नहुँदा जडीबुटी व्यवसायी समस्यामा...

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

गलकोट (बागलुङ) । बागलुङको तमानखोला गाउँपालिकाले सार्वजनिक जग्गालाई आय आर्जनसँग...

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...