back
CTIZAN AD

निजी विद्यालयका शिक्षकले योगदानमा आधारित निवृत्तिभरण पाउनुपर्ने निस्टाको माग

वि.सं.२०८० असार ११ सोमवार

1.2K 

shares

पोखरा । नेपाल लोकतान्त्रिक निजी तथा संस्थागत विद्यालय शिक्षक संघ(निस्टा)ले निजी विद्यालयमा कार्यरत शिक्षकलाई योगदानमा आधारित निवृत्तिभरण उपलब्ध गराउन सरकारसँग माग गरेको छ । निस्टाको गण्डकी प्रदेश कार्यसमिति बैठक तथा कास्की जिल्ला भेलामा सो माग अघि सार्ने निर्णय गरिएको हो ।

निस्टा केन्द्रीय अध्यक्ष भोलानाथ चालिसेले हाल निजामती कर्मचारी र सुरक्षा निकाय तथा संगठित संस्थाका कर्मचारीलाई मात्र दिँइदै आएको योगदानमा आधारित निवृत्तिभरण कार्यक्रमलाई निजी विद्यालयसम्म विस्तार गर्न सरकारको ध्यानाकर्षण गराए । अध्यक्ष चालिसेले निजी विद्यालयका शिक्षकको हकहित, पेशागत सुरक्षा, क्षमता अभिवृद्धि र निस्टाको सांगठनिक विकास एवम् विस्तारमा हातेमालो गर्न सबैलाई आह्वान गरे ।

सो अवसरमा नेपाली कांग्रेस कास्की जिल्ला सभापति किशोरदत्त बरालले शिक्षालाई उद्यमशीलतासँग जोड्दै मर्यादित र अनुशासन बनाउन निजी विद्यालयका शिक्षकलाई अनुरोध गरे ।

नेपाल शिक्षक संघ गण्डकी प्रदेश अध्यक्ष शिरोमणि शिरोमणि लामिछाने र शिक्षक संघ कास्कीका अध्यक्ष राजु क्षेत्रीले निजी र सामुदायिक विद्यालयका शिक्षकबीच सहकार्यको आवश्यकता औँल्याउँदै दुवैले समानान्तर रुपमा संघर्ष तथा गतिविधि अघि बढाउनुपर्नेमा जोड दिए । कार्यक्रममा विभिन्न संस्थागत विद्यालयका शिक्षकको उत्साहजनक सहभागिता रहेको थियो ।

यसैबीच निस्टा केन्द्रीय अध्यक्ष चालिसेले गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्र पाण्डे, प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र गण्डकी प्रदेशसभा सदस्य नन्द न्यौपाने लगायतसँग पोखरामा निस्टा कास्की अध्यक्ष छविराज पौडेल, गण्डकी प्रदेश अध्यक्ष गुरुदत्त दवाडी सम्मिलित प्रतिनिधि मण्डलले समसामयिक एवं सांगठनिक विषयमा छलफल समेत गरेको जानकारी दिए ।

वि.सं.२०८० असार ११ सोमवार १२:०९ मा प्रकाशित

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

काठमाडौँ । नेपाली वैज्ञानिक डा शिवप्रसाद अधिकारीलाई अमेरिकामा पुरस्कृत गरिएको...

खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला

खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला

हेटौँडा (मकवानपुर) । हेटौँडा–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता...

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा । पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

४४ वटा म्याक्सस बुकिङ, नाइमाको अफर भदौ १५ सम्मै

४४ वटा म्याक्सस बुकिङ, नाइमाको अफर भदौ १५ सम्मै

काठमाडाैँ । हिमालय अर्गनाइजेसन अन्तर्गत हिमालय मोटरक्स प्रालीले नाइमा मोबिलिटी...