back
CTIZAN AD

वाणिज्य बैंकहरुको संख्या घट्दा शाखा संख्या ह्वात्तै बढ्यो

वि.सं.२०८० असार ११ सोमवार

756 

shares

काठमाडौं । वाणिज्य बैंकहरुको संख्या घट्दा शाखा संख्या भने बढेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको साउनदेखि पुससम्म ३६ वटा शाखा बढेका छन् ।

आर्थिक वर्ष २०७७/७८ को असारमा वाणिज्य बैंकहरुका शाखाको संख्या चार हजार ७५३ थियो । त्यति बेला वाणिज्य बैंकको संख्या २७ थियो । त्यसको ठिक एक वर्षपछि आर्थिक वर्ष २०७८/७९ को असारमा बैकका शाखाको संख्या दुई सय ५६ ले बढेर पाँच हजार नौ पुग्यो, त्यतिबेला वाणिज्य बैंकहरुको संख्या २६ थियो ।

त्यसयता चालु आर्थिक वर्ष २०७९/८० को साउनदेखि पुससम्ममा वाणिज्य बैंकहरुको शाखा संख्या पाँच हजार ४५ पुगेको छ त्यतिबेला भने बैंकहरुको संख्या २२ थियो । यो समाचार तयार पार्दा समेत वाणिज्य बैंकहरुको संख्या २१ छ भने तिनका शाखाहरुको संख्या पाँचहजार १९७ पुगेको छ ।

वाणिज्य बैंकहरुको संख्या २० पुग्दै

६० को दशकको अन्त्यतिर ३२ को संख्यामा पुगेका वाणिज्य बैंकहरुको संख्या भने ८० को दशकको सुरुवातसँगै २० वटामा खुम्चिने भएका निश्चित छ । नेपालमा वाणिज्य बैंकहरुको संख्या धेरै भएको भन्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई एकअर्कामा गाभ्न र गाभिन (मर्जर तथा एक्विजिसन)को लागि प्रोत्साहित गर्न थालेपछि बैंकहरु एकअर्कामा गाभिन थालेका थिए ।

पछिल्लो पटक चालु अर्थिक वर्षको समाप्तिसँगै दुईवटा ठूला वाणिज्य बैंकहरुले एकिकृत कारोबार गरेर वाणिज्य बैंकहरुको संख्या २० पुग्दैछ । यसरी हेर्दा पछिल्लो पाँच वर्षमा मात्र वाणिज्य बैंकहरुको संख्या आठले घट्दा शाखा संख्या भने दुई हजार एक सय ७३ ले बढेको देखिएको छ ।

वि.सं.२०८० असार ११ सोमवार १३:४९ मा प्रकाशित

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

काठमाडौँ । नेपाली वैज्ञानिक डा शिवप्रसाद अधिकारीलाई अमेरिकामा पुरस्कृत गरिएको...

खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला

खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला

हेटौँडा (मकवानपुर) । हेटौँडा–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता...

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा । पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

४४ वटा म्याक्सस बुकिङ, नाइमाको अफर भदौ १५ सम्मै

४४ वटा म्याक्सस बुकिङ, नाइमाको अफर भदौ १५ सम्मै

काठमाडाैँ । हिमालय अर्गनाइजेसन अन्तर्गत हिमालय मोटरक्स प्रालीले नाइमा मोबिलिटी...