back
CTIZAN AD

नक्कली शरणार्थीपछि सरकारले खोल्यो ललिता निवास प्रकरणको फाइल

वि.सं.२०८० असार १२ मंगलवार

981 

shares

काठमाडौं । डेढ वर्षअघिदेखि रोकिएको ललिता निवास प्रकरणको फाइल सरकारले ‘रि–ओपन’ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले एक तहमा अनुसन्धान टुंग्याएर बुझाएको फाइल तत्कालिन महान्यायाधीवक्ता खम्मबहादुर खातीको निर्देशनमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले २०७८ मंसिरमा फिर्ता पठाएको थियो । सरकारी वकिलको कार्यालयले अनुसन्धान अपुरो भएको बताएको थियो ।

तत्कालिन महान्यायाधीवक्ता खातीको निर्देशनमा फाइल फिर्ता पठाइएपछि अनुसन्धान प्रक्रिया नै रोकिएको थियो । सरकारको निर्देशनपछि सीआईबीले पुनः फाइल खोल्दै आरोपितलाई पक्राउ गर्न सुरु गरेको हो ।

मंगलबार सीआईबीले प्रकरणका योजनाकार भनिएका भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङसहित पाँच जनालाई पक्राउ परेको छ । सीआईबीले गुरुङसँगै मालपोत कार्यालय, डिल्लीबजारका तत्कालिन प्रमुख कलाधर देउवा, कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र हुपेन्द्रमणि केसीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका चार जना कर्मचारी २०४९ सालदेखि २०६६ सालसम्म मालपोत कार्यालय, भूमि सुधार तथा व्यवस्था विभागमा थिए । उनीहरुकै सहयोगमा सरकारी जग्गालाई निजी बनाउने काम भएको सीआईबी अनुसन्धानले देखाउँछ ।

ललिता निवासको ललिता निवासको १ सय ४३ रोपनी ६ आना ३ पैसा ३ दाम जग्गा हिनामिना भएको निष्कर्षसहित यसअघि सीआईबीले गुरुङलगायत ३ सय ६० जनाविरुद्ध मुद्दा चलाउन सरकारी वकिल कार्यालयलाई सिफारिस गरेको थियो । हिनामिना भएको जग्गा मध्ये ११२ रोपनी ४ आना जग्गा गुरुङसहित शोभाकान्त ढकाल र रामप्रसाद सुवेदी लगायतसँगको मिलेमतोमा खरिद गरेका थिए ।

ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि केहीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । जुन मुद्दा विचाराधीन अवस्थामा छ । अख्तियारले एक पूर्वउपप्रधानमन्त्री, तीन पूर्वमन्त्रीसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

सम्बन्धित समाचार

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ पक्राउ

वि.सं.२०८० असार १२ मंगलवार १३:५६ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...