back
CTIZAN AD

घरेलु हिंसा अन्त्य गर्नका लागि पालिकाद्धारा उत्कृष्ट सासू–बुहारीलाई सम्मान

वि.सं.२०८० असार १२ मंगलवार

768 

shares

सिन्धुली । पारिवारिक मेलमिलाप र घरेलु हिंसा अन्त्य गर्ने उद्देश्यले यहाँको फिक्कल गाउँपालिकाले सासू–बुहारीलाई सम्मान गरेको छ ।

गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को वार्षिक कार्यक्रमअन्तर्गत छावटा वडाका छ जोडी सासू–बुहारीलाई सम्मान गरेको हो ।

यस वर्ष पनि फिक्कलले गाउँपालिकाभित्रका उत्कृष्ट सासू–बुहारीलाई सम्मान गरेको गाउँपालिका उपाध्यक्ष राजु बरालले जानकारी दिए । गाउँघरमा सासू–बुहारीको सम्बन्धलाई नकारात्मक दृष्टिले हेर्ने परिपाटीलाई न्यूनीकरण गर्ने उद्देश्यले समाजमा रहेका अनुकरणीय सासू–बुहारीलाई गाउँपालिकाले हरेक वर्ष सम्मान गर्दै आएको उनले जानकारी दिए ।

प्रत्येक वडाका उत्कृष्ट सासू–बुहारीलाई खोजी हरेक वर्ष गाउँपालिकाले सम्मान गरिने कार्यलाई निरन्तरता दिने बताए । ज्येष्ठ नागरिकलाई गरिने व्यवहार सकारात्मक र बुहारीलाई पनि छोरीसरह व्यवहार होस् भनेर गाउँपालिकाले सम्मान गर्दै आएको र सबै वाडामा यसै प्रकारले सम्मान गरिने उनको भनाइ छ ।

गाउँपालिकाले मेलमिलापका साथ सासू–बुहारीसँगै बसेका छ वडाका १२ सासू–बुहारीलाई प्रमाणपत्रसहित दोसल्ला आढाएर सम्मान गरेको छ । सम्मानित हुनेमा वडा नं १ का मुसीमाया कामी, अन्जना विक, वडा नं २ का बालकुमारी मगर, गङ्गाकुमारी मगर, वडा नं ३ का कल्पना कुमारीश्रेष्ठ, मुना श्रेष्ठ, वडा नं ४ का मैया आले र लीलाकुमारी मगर, वडा नं ५ शिवकुमारी घिमिरे, पार्वती घिमिरे र वडा नं ६ का बुद्धमाया मगर र जमुना मगर रहेका छन् ।

उहाँहरूलाई सासूले बुहारीलाई छोरी समान र बुहारीले सासुलाई आमाको भूमिकामा राखेको जनाउँदै सम्मान गरिएको हो । गाउँपालिका अध्यक्ष पार्वती सुनुवारले समाजमा सासू–बुहारीबीचको सम्बन्धलाई हेर्ने दृष्टिकोणमा फरक ल्याउनुपर्नेमा जोड दिए । अब सासु होइन आमा र बुहारी नभई छोरीको सम्बन्ध कायम गर्नुपर्ने उनले बताए ।

वि.सं.२०८० असार १२ मंगलवार १३:३८ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...