back
CTIZAN AD

हेटौँडामा उत्पादित माछाको भुरा भारतमा निर्यात

वि.सं.२०८० असार १२ मंगलवार

615 

shares

सुरेश झा र अञ्जली थापा
बागमती । मकवानपुरको हेटौँडामा उत्पादित विभिन्न विकासे जातका माछाका भुरा भारतमा निर्यात भइरहकोे छ । नेपालसगँको सिमा क्षेत्रका भारतीय किसानले माछाका भुरा लाने गरेको यहाँ स्थित प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवम् संरक्षण केन्द्रले जनाएको छ ।

भारतीय किसानले वारा, पर्सा र रौतहटका किसानमार्फत राम्रो नश्लका सो भुरा लैजाने गरेको सम्बद्ध कर्मचारीले जनाए । प्राप्त जानकारी अनुसार १० लाख भन्दाबढी माछाका भुरा भारतमा जाने गरेको छ । त्यस्तै माछासमेत खरिदगरी भारतमा लैजाने गरेको बताइएको छ । कार्यालयवाट प्राप्त जानकारी अनुसार चालु आर्थिक वर्षको असार १० गतेसम्म चार करोड ३५ लाख भन्दाबढी माछाका भुरा उत्पादन गरी बिक्री वितरण गरिएकोे छ ।

केन्द्र प्रमख सरोज यादवका अनुसार किसानको मागबमोजिम विगतको तुलनामा माछाको भुरा उत्पादन र बिक्री बढ्दै गएको छ । विगतमा प्रत्येक वर्ष तीन करोडदेखि तीन करोड ३४ लाख माछाको भुरा उत्पादन तथा बिक्री हुँदै आएकामा व्यवस्थापनमा सुधार आएपछि यसवर्ष माछा र भुराको उत्पादन वृद्धि गरिएको हो । त्यसका लागि कार्यालयमा भएका पोखरी मर्मत र सुधार गरिएको छ ।

केन्द्र प्रमुख यादवले थप भुरा र माछा उत्पादनका लागि पोखरीको क्षमता विकास, सरसफाई, मर्मत र निमार्णको कामलाई निरन्तरता दिइएको जानकारी दिए । यहाँ रहेको माछा फार्मबाट सात जातका विकासे माछा प्रजनन गरी भुरा बिक्री गर्दै आइएको छ । हाल स्थानीय लोपोन्मुख सहर तथा गर्दीजातको रङ्गीन कोई कार्प माछा प्रजनन तथा बिक्री वितरणको क्रममा रहेको छ । कार्यालयका अनुसार न्यानो पानीमा फस्टाउने सरकारीस्तरबाट सिफारिश गरिएका विभिन्न स्वदेशी माछा, रहु, नैनी, माकुर तथा विदेशी माछा कमन कार्प, सिल्भर कार्प, विगहेड कार्प, ग्रप्स कार्पसहित सात जातका भुरा उत्पादन गरी विभिन्न जिल्लाका माछा किसानलाई बिक्री वितरण गरिएको छ ।

आर्थिक वर्ष २०७६/७७ देखि हालसम्म वार्षिक रु पाँच लाख भन्दाबढी माछा र भुरा बिक्रीबाट कार्यालयको राजस्व बढ्दै गएको छ । चालु आर्थिक वर्षमा उक्त केन्द्रले रु ३१ लाख भन्दाबढीको माछा र भुरा वितरण गरेको छ । साथै हेटौँडा र चितवनसहित २२ जिल्लामा पनि माछाका भुरा बिक्री हुने गरेको छ ।
एकीकृत मत्स्यपालन प्रणालीअन्तर्गत बङ्गुरपालन प्रणालीको सुरुआत गरिएको छ भने भौतिक संरचना सुधारका साथै आठवटा जीर्ण पोखरी मर्मत गरी सञ्चालनमा ल्याइएको कार्यालयका सूचना अधिकारी बलराम अधिकरीले बताए । मत्स्य सङ्ग्रहालयअन्तर्गत संरक्षित माछाको नमुना र लिभफिश म्युजियम स्थापना तथा सञ्चालनको प्रक्रिया अगाडि बढाइएको प्रमुख यादवले जानकारी दिए ।

“आर्थिक वर्ष २०७५ /७६ देखि प्राकृतिक जलाशय जातीय विविधतासम्बन्धी अध्ययन अनुसन्धानको क्रममा राप्ती नदी , श्यार्फुताल, बागमती नदी, सामरी नदी, बकैया नदी, अरुण नदी, कोशी नदी, कर्णाली नदी, बेगनास ताललगायत नदी तथा तालमा माछाको विविधतासम्बन्धी जाँच तथा अभिलेख राखिएको छ । यसबाट ४५ प्रजातिका माछाका नमुना सङ्कलन गरिनाका साथै पानीको गुणस्तरसमेत जाँच गरिएको कार्यालयले जनाएको छ ।

ग्रासकार्प माछाको आहारको रूपमा पोखरीको डिलमा उन्नत तथा पोसिलो जातका घाँस जस्तै नेपियर वर्षीम, केरा ,सुडान, जै घाँसबाट माछाको आहारमा लाग्ने लागतको तुलनात्मक अध्ययन भइरहको छ । जलीय विविधता एवम् प्रवर्द्धन तथा प्राकृतिक जलाशयमा आश्रित जनसमुदायको सामाजिक स्तरोन्नति र जीविकोपार्जनसगँ सम्बन्धित विभिन्न किसिमका कार्यक्रम जस्तै खोला नालामा स्थानीय जातका भुरा छाड्ने जनचेतनामूलक होर्डिगङ बोर्ड, गोष्ठी, सभालगायत कार्यक्रम गर्दै आएको सो कार्यालयले जनाएको छ ।

काठमाडौँ तथा स्थानीय हेटौँडा बजारका लागि खाने माछा उत्पादन गरी आपूर्ति गर्ने उद्देश्यले २०२४ सालमा स्थापित सो केन्द्रको समय सापेक्ष काम र नाममा परिर्वतन हुँदै आएको छ । उक्त केन्द्रअन्र्तगत ४७ दशमलव नौ हेक्टर जमिनमा माछा पोखरी छ ।

रा स स

वि.सं.२०८० असार १२ मंगलवार १३:१० मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

किस्पाङ (नुवाकोट) । प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गरी व्यक्तित्व...