back
CTIZAN AD

गीत गाउँदै गर्दा आफूमाथि बोटल हान्ने युवकलाई माफी दिए प्रकाश सपुतले

वि.सं.२०८० असार १२ मंगलवार

939 

shares

काठमाडौं । स्टेजमा गीत गाइरहेका आफुमाथि सिसाको बोतललेहान्ने युवकलाई चर्चित गायक प्रकाश सपुतले माफी दिएका छन् ।

आइतबार रोमानियाका नेपाली दर्शकका बीच ‘याद म्युजिक फेस्टिवल’ मा गीत गाएर मनोरन्जन दिइरहेका गायक सपुतमाथि दर्शक दिर्घाबाट एक्कासी बोतल प्रहार भयो । यद्यपी सामान्य चोट लागेका गायक सपुत ठूलो दुर्घटनाबाट बचे । आफुमाथि बोतल प्रहार हुँदासमेत संयमित बनेका सपुतले बोतल हान्ने युवकलाई केही नगर्न स्टेजबाटै अनुरोध गरेका थिए ।अन्तत बोतल हान्ने युवकले सपुतको खुट्टा नै समाएर माफी माग्दै रमाइलो गर्दागर्दै गल्ति भएको र आफुलाई बोतल हान्न कसैले नउक्साएको बताएपछि सपुतले उनलाई माफी दिएका हुन् ।

सपुतले उक्त घटनाबाट आफुलाई पीडा भएपनि ती युवक र उनका परिवारको भविष्य हेरेर माफी दिएको बताएका छन् ।

‘मलाई तपाईले हान्नु भयो, मलाई केही भएन । घाँउ भयो त्यो सन्चो हुन्छ । यस्तो तालले तपाईको भविष्य राम्रो होला ?

तपाईका बाबुआमाले के भन्लान् ?’ सपुतले माफी दिँदै भनेको भिडियो यतिबेला सामाजिक संजालमा चर्चामा आएको छ ।
आयोजकले उनीमाथि कानुनी कारबाही नगरेपनि झण्डै ७५ हजार नेपाली क्षतिपूर्ति तिराउने भएको बताइएको छ ।
उक्त कार्यक्रमका लागि गायिका प्रिती आलेपनि रोमानिया पुगेकी थिइन् ।

वि.सं.२०८० असार १२ मंगलवार १३:५० मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...