back

असन्तुष्टिकै बीच बजेटको पक्षमा उभियो एकीकृत समाजवादी

वि.सं.२०८० असार १३ बुधवार

666 

shares

काठमाडौं । संशोधन नभई बजेट पारित गर्न नदिने अडानमा देखिएको एकीकृत समाजवादी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आश्वासनपछि पारित गर्ने पक्षमा उभिएको छ ।

बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बसेको संसदीय दलको बैठकले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

सांसद राजेन्द्र पाण्डेले जानकारी दिएअनुसार देखिएका कमीकमजोरी प्रधानमन्त्रीबाट सुधार गर्ने प्रतिबद्धता आएपछि मतदान गर्ने निर्णय गरिएको हो ।

“बजेटका कमीकमजोरी सुधार गर्ने आश्वासन आएको छ, आगामी दिनमा बजेट निर्माणको प्रणालीमै सुधार गरेर जाने प्रतिबद्धता पनि व्यक्त भएको छ”, पाण्डेले भने, “प्रतिबद्धताकै आधारमा हामीले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेका छौं ।”

यसअघि समाजवादीका अध्यक्ष स्वयम् माधवकुमार नेपालले पनि संशोधन नभई बजेट पारित हुन नदिने बताएका थिए ।

वि.सं.२०८० असार १३ बुधवार ११:५७ मा प्रकाशित

Himalayan Life AD
सप्तकोशी नदीमा जलवहाव उच्च : तटीय क्षेत्रमा सतर्कता रहन आग्रह

सप्तकोशी नदीमा जलवहाव उच्च : तटीय क्षेत्रमा सतर्कता रहन आग्रह

धरान (सुनसरी) । गत शुक्रबार र शनिबारदेखिको लगातार वर्षाले सप्तकोशी...

पाँचथरमा बोलेरो दुर्घटनाका मृतकको पहिचान खुल्यो

पाँचथरमा बोलेरो दुर्घटनाका मृतकको पहिचान खुल्यो

रवीन्द्र काफ्ले, पाँचथर । तमोर कोरिडोरअन्तर्गत यहाँको कुम्मायक गाउँपालिका–३ कात्तिकेमा...

देशका प्रमुख आठ नदी खतराको तह पार, १२ नदी सतर्कताको तहमाथि

देशका प्रमुख आठ नदी खतराको तह पार, १२ नदी सतर्कताको तहमाथि

नारायण ढुङ्गाना, काठमाडौँ । अविरल वर्षातका कारण देशका विभिन्न आठ...

सप्तकोशी नदीमा जलवहाव उच्च, कोशी ब्यारेजका ५० ढोका खोलिए

सप्तकोशी नदीमा जलवहाव उच्च, कोशी ब्यारेजका ५० ढोका खोलिए

संगीता राई , धरान (सुनसरी) । अविरल वर्षातका कारण सप्तकोशी...

आजको मौसम पूर्वानुमान : देशभर वर्षा हुने

आजको मौसम पूर्वानुमान : देशभर वर्षा हुने

काठमाडौँ । हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा...

खोलाले बगाउँदा एक बालिकाको मृत्यु

खोलाले बगाउँदा एक बालिकाको मृत्यु

उदयपुर । त्रियुगा नगरपालिका–५ दमौटीमा एक बालकको खोलाले बगाउँदा मृत्यु...