back
CTIZAN AD

बाढीले भत्काएर पुल र सडक मर्मत गर्ने जनशक्ति र प्राविधिक छैनन्–सांसद भट्टराई

वि.सं.२०८० असार १३ बुधवार

636 

shares

काठमाडौं । कोशी प्रदेशका विभिन्न जिल्लामा अविरल वर्षापछि आएको बाढीका कारण भत्किएका पूल, सडक लगायतका भौतिक संरचना निर्माणका लागि प्रयाप्त जनशक्ति नभएको बताइएको छ ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले सरकारको ध्यानाकर्षण गराउँदै वर्षाका कारण कतिपय जिल्लामा सम्पर्क विच्छेद भएको र भत्किएका पूल तथा सडक निर्माणका लागि जनशक्ति र प्राविधिकको कमी भएको बताए ।

भट्टराईले ताप्लेजुङ जिल्लालाई जोड्ने तीनवटा राजमार्गहरु अबरुद्ध भएको, पाँचथरको हिँवाखोलामा आएको बाढीले बगाएको पुल १०दिन भित्रमा बेलिब्रिज लगाएर आवतजावतलाई सहज बनाउने भनिएपनि अझै १०–१५ दिन लाग्ने बताए ।
‘डाइभर्सन खडा गरिएको थियो । हिँजो राति डाइभर्सन पनि बगायो । त्यसले ताप्लेजुङसँगको सम्पर्क सम्पूर्ण ढंगले बिच्छेद भएको छ । पुल भत्काएकोले तमोर करिडोर पनि विच्छेद छ । संखुवासभा, तेह्रथुम हुँदै मदनभण्डारी मार्गबाट पनि ताप्लेजुङसँगको सम्बन्ध विच्छेद छ ।’ सांसद भट्टराइले भने ।

उनले ताप्लेजुङमा मानविय संकट उत्पन्न भएको बताउँदै त्यहाँका विभिन्न क्षेत्रमा खाद्यान्न लगायत औषधिको संकट देखिएको बताए । उनले सरकारको ध्यानाकर्षण गराउँदै ती स्थानमा हवाई यातायातबाट भएपनि खाद्यान्न र औषधि पठाउन अनुरोध गरे ।

भत्किएका सडक र पूलहरु ज्ति तदारुकताका साथ मर्मत सम्भार हुनुपर्ने हो त्यहाँ काम सुरु भएपनि प्रयाप्त जनशक्ति र सडक इन्जिनियर प्राविधिकको अभाव रहेको बताए । दर्जनौ पुल र बाटोहरु भत्किएकोले तत्काल त्यसको मर्मत सम्भारमा ध्यान दिन अनुरोध गरे ।

 

वि.सं.२०८० असार १३ बुधवार ११:४६ मा प्रकाशित

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...