back
CTIZAN AD

पालिकाले व्यावसायिक रुपमा दूध बिक्री गर्ने तीन सय कृषकलाई अनुदान

वि.सं.२०८० असार २३ शनिवार

675 

shares

मनहरी । मकवानपुरको थाहा नगरपालिकाले व्यावसायिक रुपमा दूध बिक्री गर्ने तीन सय कृषकलाई प्रोत्साहनस्वरुप अनुदान वितरण गरेको छ । नगरपालिकाले समूह, सहकारी, फार्म, डेरीमार्फत दूध बेच्ने कृषकलाई वर्षभरि बेचेको दूधको परिमाणका आधारमा अनुदान वितरण गरेको हो ।

दुग्ध उत्पादक किसानलाई अनुदान उपलब्ध गराउन थालेपछि गाईभैँसीपालन गरी दूध बेच्ने कृषकको सङ्ख्या वृद्धि भएको नगरपालिकाका पशु विकास शाखाका प्राविधिक रुपेशकुमार मिश्रले बताए । उनका अनुसार चालु आर्थिक वर्ष २०७९÷८० मा पालिकाभित्रका तीन डेरी र एक सहकारीमार्फत किसानलाई रू आठ लाख चार हजार चार सय २२ अनुदान वितरण गरेको गरिएको छ ।

नियमित रुपमा डेरीमार्फत दूध बिक्री गर्ने कृषकले बिक्री गरेको दूधको परिमाणका आधारमा अनुदान रकम वितरण गरिएको नवदुर्गा ट्रेडर्सद्वारा सञ्चालित कृषक डेरीका सञ्चालक युवराज बर्तौलाले बताए । “डेरीमार्फत दूध बिक्री गर्ने ३३ जना कृषकले ९१ हजार ६३ लिटर दूध बिक्री गरेका थिए”, उनले भने, “सोही परिमाणका आधारमा रू एक लाख ५६ हजार नौ सय ७० वितरण गरिएको हो ।”

त्यस्तै नन्दकिश्वर डेरी प्रालिमार्फत ८५ कृषकले एक लाख तीन हजार चार सय ५८ लिटर दूध बिक्री गरेबापत रू एक लाख ७८ हजार तीन सय ३६, देवदर्शन निष्ठा डेरी उद्योगमार्फत एक सय ५३ कृषकले दुई लाख २६ हजार चार सय ९२ लिटर दूध बिक्री गरेबापत रू तीन लाख ९० हजार चार सय १७ र सुन्तलाबारी कृषि सहकारी संस्था लिमिटेडमार्फत २८ जना कृषकले २७ हजार ५९ लिटर दूध बिक्री गरेबापत रू ६६ हजार ६ सय ३३ वितरण गरिएको नगरपालिकाको पशु विकास शाखाले जनाएको छ ।

शाखाका अनुसार गाईको दूधमा प्रतिलिटर रू एक रुपैयाँ ७५ पैसाका दरले र भैँसीको दूधमा प्रतिलिटर रू दुई रुपैयाँ ५० पैसाका दरले प्रोत्साहन अनुदान वितरण गरिएको हो । नगरपालिकाले चार वर्षदेखि किसानलाई दूधमा अनुदान प्रदान गर्दै आएको छ ।

नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्टले प्रोत्साहन अनुदानबाट किसानलाई पशुपालनमा आकर्षण गरी स्वरोजगारमा प्रेरित गर्न सहयोग पुग्ने बताए । नगरपालिकालाई दूध र मासुमा आत्मनिर्भर बनाउने नीतिअनुरुप गाईभैँसी पकेट क्ष्
ोत्र विस्तार गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको उनले जानकारी दिए ।

वि.सं.२०८० असार २३ शनिवार १२:५२ मा प्रकाशित

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

काठमाडौँ । नेपाली वैज्ञानिक डा शिवप्रसाद अधिकारीलाई अमेरिकामा पुरस्कृत गरिएको...

खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला

खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला

हेटौँडा (मकवानपुर) । हेटौँडा–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता...

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा । पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

४४ वटा म्याक्सस बुकिङ, नाइमाको अफर भदौ १५ सम्मै

४४ वटा म्याक्सस बुकिङ, नाइमाको अफर भदौ १५ सम्मै

काठमाडाैँ । हिमालय अर्गनाइजेसन अन्तर्गत हिमालय मोटरक्स प्रालीले नाइमा मोबिलिटी...