back
CTIZAN AD

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

वि.सं.२०८० भदौ ३ आइतवार

1.2K 

shares

कास्की । कास्की जिल्लाको रुपा गाउँपालिकामा सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका-३२ बाट रुपातालतर्फ जाँदै गरेको प्रदेश नं ३-०२-००९प ५२०५ नम्बरको मोटरसाइकल शनिबार साँझ दुर्घटना हुँदा लमजुङ दूधपोखरी गाउँपालिका-६ का २९ वर्षीय कृष्ण गुरुङ र सोही ठाउँका २४ वर्षीय अशोक गुरुङको निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

मोटरसाइकल रुपा गाउँपालिका-६ निगालझाँप्रास्थित भित्रीसडकबाट अन्दाजी ८०-९० मिटर तल सोही सडकको घुम्तीको तल्लो बाटोमा खस्न पुगेको बताइन्छ । दुर्घटनालगत्तै घाइतेलाई इलाका प्रहरी कार्यालय शिशुवाबाट गएको प्रहरी टोलीले उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पुर्याइएको थियो ।

चिकित्सकले जाँचका क्रममा दुवै जनालाई मृत घोषणा गरेका थिए । प्रहरीले दुर्घटनाको कारणबारेमा अनुसन्धान भइरहेको जनाएको छ ।

वि.सं.२०८० भदौ ३ आइतवार ०८:०३ मा प्रकाशित

बागमती प्रदेशमा तीनदिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने

बागमती प्रदेशमा तीनदिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने

बागमती । बागमती प्रदेश सरकारले तीनदिन विभिन्न कार्यक्रम गरी ‘गणतन्त्र...

प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक पारित गर्ने कार्यसूची

प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक पारित गर्ने कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक निर्धारित समयभन्दा ३० मिनेट ढिला...

हुरीले घर भत्किँदा महिलाको मृत्यु

हुरीले घर भत्किँदा महिलाको मृत्यु

चन्द्रपुर (रौतहट) । रौतहटमा सोमबार साँझ आएको हुरीले भत्केको घरले...

बाह्य औषधि आयातमा कडाइ गर्न औषधि उद्योगीद्वारा माग

बाह्य औषधि आयातमा कडाइ गर्न औषधि उद्योगीद्वारा माग

चितवन । नेपाली औषधि उत्पादकहरुले नेपाली उद्योग आयातको दबाबमा परेको...

प्रधानमन्त्री शाहले इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग भेटवार्ता गर्दै

प्रधानमन्त्री शाहले इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग भेटवार्ता गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले यहाँस्थित युरोपेली सङ्घ (इयू)मा आबद्ध...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...