back
CTIZAN AD

वार्ता र संवादबाट असन्तुष्टि समाधान गर्न शिक्षक र चिकित्शकलाई माओवादीको आग्रह

वि.सं.२०८० असोज ११ बिहीवार

1.4K 

shares

काठमाडौँ । सत्तारुढ नेकपा(माओवादी केन्द्र)ले सङ्घीय संसद्मा पेस भएको सङ्घीय शिक्षा विधेयकका सम्बन्धमा देखिएको असन्तुष्टिलाई वार्ता र संवादका माध्यमबाट समाधान गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीका कार्यवाहाक अध्यक्ष नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले वार्ता र संवादका माध्यमबाट शिक्षा विधेयकमा व्यक्त भएको असन्तुष्टिलाई सम्बोधन गरेर जानुपर्ने निष्कर्ष निकालेको उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

विधेयकका सम्बन्धमा असन्तुष्टि जनाउँदै शिक्षकले केही दिन पहिले काठमाडौँ केन्द्रित प्रदर्शन गरेका थिए । सरकारसँगको वार्तापछि अधिकांश शिक्षक नियमित काममा फर्केपनि राहत शिक्षकहरुले आफ्नो माग सम्बोधन नभएको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका छन् । उनीहरुले उठाएको माग संविधानको मर्म र भावनालाई ख्याल गरेर सम्बोधन गर्न सरकारलाई आग्रह गरिएको प्रवक्ता सापकोटाको भनाइ थियो ।

वार्ता र संवादबाटै सहमतिको विन्दु पहिल्याउन सकिने ठहर गर्दै बैठकले राहत शिक्षकले समेत अपनत्व महसुस गर्ने गरी विधेयकमा आवश्यक प्रक्रिया राख्न अनुरोध गरिएको उहाँको भनाइ थियो । यस्तै बैठकले स्वास्थ्यकर्मी तथा चिकित्सकले उठाएका माग पनि सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आफूहरुमाथि आक्रमण भएको भन्दै चिकित्सकले प्रदर्शन गरिरहेका छन् ।

यसैरी मुलुकका विभिन्न भागमा सामाजिक सद्भाव बिगार्ने खालका गतिविधि देखापरेको भन्दै माओवादी केन्द्रले समयमै सचेतता अपनाउनुपर्नेमा जोड दिएको छ ।
आम नेपालीमा सामाजिक सद्भाव असाध्यै राम्रो र बलियो रहे पनि केही स्थानमा अराजक सङ्केत देखापरेको ठहर गर्दै सो पार्टीले बेलैमा सचेतपूर्वक समस्या समाधानको दिशामा जानुपर्नेमा जोड दिएको प्रवक्ता सापकोटाले जानकारी दिए ।

त्यस्तै पार्टीले अगाडि बढाएको जनतासँग माओवादी अभियानलाई थप प्रभावकारी बनाउने र जनताको विश्वास जित्नेगरी अगाडि बढ्नुपर्नेमा आजको बैठकमा विशेष जोड दिइएको उनको भनाइ थियो । सरकारले अगाडि बढाएको भ्रष्टाचार नियन्त्रण र सुशासनको अभियानलाई थप प्रभावकारी बनाएर लैजानुपर्ने आवश्यकता औल्याउँदै प्रवक्ता सापकोटाले सो कार्यका लागि सरकारलाई साथ दिनसमेत सबैलाई आग्रह गरे ।

वि.सं.२०८० असोज ११ बिहीवार १६:२१ मा प्रकाशित

रास्वपा काभ्रेपलाञ्चोकमा पुनः ढकाल

रास्वपा काभ्रेपलाञ्चोकमा पुनः ढकाल

काभ्रेपलाञ्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काभ्रेपलान्चोक जिल्ला सभापतिमा प्रवीणकुमार...

कास्की प्रहरीको ‘स्विप अप्रेसन’, ४० जना कारबाहीमा

कास्की प्रहरीको ‘स्विप अप्रेसन’, ४० जना कारबाहीमा

गण्डकी । समाजमा अवैध गतिविधि, गुण्डागर्दी र शान्तिसुरक्षामा खलल पु¥याउने...

रास्वपा कास्की सभापतिमा अधिकारी

रास्वपा कास्की सभापतिमा अधिकारी

गण्डकी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीको सभापतिमा यदुनाथ अधिकारी...

परराष्ट्रमन्त्रीको भारत भ्रमण :  नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पु-याउने प्रतिबद्धता

परराष्ट्रमन्त्रीको भारत भ्रमण : नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पु-याउने प्रतिबद्धता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले वर्तमान सरकार गठनपछि पहिलोपटक भारतको...

सुनचाँदीको मूल्य आज पनि घट्यो

सुनचाँदीको मूल्य आज पनि घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ...

जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता

जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले खाद्यजन्य रोग...