काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव डिलाराम आचार्य अचानक अस्वस्थ भएका छन् ।
माओवादीको जनतासँग तीनमहिने अभियानका क्रममा अछामको साँफेबगर पुगेका आचार्य अचानक अस्वस्थ भएपछि उनलाई हेलिकप्टरमा नेपालगन्ज ल्याएर उपचार गरिएको र काठमाडौं ल्याउने तयारी भएको बताइएको छ ।
माओवादी नेता खगराज भट्टका अनुसार बुधबार बिहान एक्कासी बोली बन्द भएपछि उनलाई बयलपाटा अस्पतालमा लगेर उपपचार गरिएपछि हेलिकप्टरमा नेपालगन्ज ल्याइएको हो । भट्टका अनुसार उनको शरीरको दाहिने भाग चलाउन गाह्रो भएको थियो ।
आचार्यलाई नेपालगञ्ज मेडिकल कलेजमा राखेर सिटी स्क्यान, एक्सरेलगायतका परीक्षण गरिएको र सिटी स्क्यानका क्रममा उनको टाउकोमा पुरानो चोट देखिएको थियो । उनलाई पहिलोपटक माइनर अट्याक देखिएको अस्पतालले जनाएको छ ।
उनलाई सिधै काठमाडौं ल्याउनका लाािग मौसमले साथ नदिएपछि नेपालगन्जमा राखेर उपचार गरिएको हो ।
वि.सं.२०८० असोज १७ बुधवार १३:३९ मा प्रकाशित






























