back

अपीमा पहिलो पटक छायाङ्कन गरिएको ‘आएँ म त’ भिडियो सार्वजनिक

वि.सं.२०८० कात्तिक ९ बिहीवार

525 

shares

काठमाडौँ । सुदूरपश्चिमको सबैभन्दा अग्लो हिमशृङ्खला अपीमा पहिलो पटक छायाङ्कन गरिएको भनिएको म्युजिक भिडियो ‘आएँ म त’ सार्वजनिक भएको छ ।

मौसमका कारण छायाङ्कन गर्न कठिन करिब सात हजार एक सय ३२ मिटर उचाइमा रहेको हिमालको आधार शिविरमा छायाङ्कनको टोली पु¥याएर कलाकार एवं निर्देशक राजु भट्टले उक्त भिडियो सुटिङ गरेका हुन् ।

काठमाडौँको वसन्तपुरदेखि दार्चुलाको अपीसम्मका दृश्य समेटेर तयार पारिएको भिडियोमा धनगढीकी कलाकार बोन्दिता धामी र अपीवासीका साथमा भट्टको अभिनय छ । भिडियोले नेपालको प्राकृतिक सौन्दर्य र ग्रामीण जनजीवनलाई श्रव्यदृश्यमार्फत प्रस्तुत गरेको छ ।

सिनेमाटोग्राफर केशव पाण्डेसमेतका मेहनतबाट तयार गरिएको भिडियोले अपी क्षेत्रलगायत समग्र नेपालको पर्यटनको क्षेत्रका लागि कोसे ढुङ्गाको काम गर्ने विश्वास व्यक्त गरिएको छ ।

“संसारभर नै पछिल्ल्लो समय युवाको रोजाइमा एडभेन्चर, ट्रेकिङ एवं ट्राभलिङसम्बन्धी चलचित्र एवं कार्यकम पर्ने गरेकामा सो म्युजिकल फिल्मले नेपालको आन्तरिक एवं बाह्य पर्यटनको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने छ”, निर्देशक भट्टले भने । म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक सो भिडियो मोबाइल एप र मोमो एपमा समेत उपलब्ध छ । भट्टको आफ्नै शब्द, सङ्गीत र मानश्वी मालाकारको एरेन्ज रहेको गीतमा उनको र ममता गुरुङको स्वर छ ।

 

वि.सं.२०८० कात्तिक ९ बिहीवार ११:४९ मा प्रकाशित

रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले र सुमना बनिन् सहमहामन्त्री

रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले र सुमना बनिन् सहमहामन्त्री

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबै सांसदलाई केन्द्रीय सदस्यमा मनोनित...

ऋणको जमानत बस्ने व्यक्ति वा संस्थालाई कालोसूचीमा राख्ने म्याद ९० दिन

ऋणको जमानत बस्ने व्यक्ति वा संस्थालाई कालोसूचीमा राख्ने म्याद ९० दिन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ऋणको जमानत बस्ने व्यक्ति वा...

बिवाहमा गएका अधिकारीको कुटपिटबाट मृत्यु, सातजना पक्राउ

बिवाहमा गएका अधिकारीको कुटपिटबाट मृत्यु, सातजना पक्राउ

सुदूरपश्चिम । कैलालीको लम्कीचुहा नगरपालिका–९ घोराघाट गाउँमा भएको विवाह समारोहमा...

फेवातालको मापदण्ड कायमका लागि मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन

फेवातालको मापदण्ड कायमका लागि मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन

गण्डकी । फेवातालको मापदण्डका सन्दर्भमा सर्वोच्च अदालतबाट २०८० साल असार...

बिपीनको रिहाइको पहलका लागि परराष्ट्रमन्त्री कतार जाने

बिपीनको रिहाइको पहलका लागि परराष्ट्रमन्त्री कतार जाने

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जाने भएका छन्...

‘नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य’

‘नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य’

काठमाडौँ । नेपाल हेर्ने इन्डोनेशियाको ढाकास्थित दुतावासले नेपालबाट इन्डोनेशिया प्रवेश...