back
CTIZAN AD

भृकुटीमण्डपद्वारा भूकम्पपीडितलाई सात लाख बराबरको कपडा सहयोग

वि.सं.२०८० कात्तिक २४ शुक्रवार

978 

shares

काठमाडौँ । काठमाडौँ निम्न व्यापारी सङ्घ, खुला बजार भृकुटीमण्डपले भूकम्पपीडितलाई रु सात लाख बराबरको कपडा सहयोग गरेको छ ।

सङ्घले भूकम्पपीडितका लागि सङ्कलित लत्ताकपडा आज महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री एवं समाजकल्याण परिषद्का अध्यक्ष सुरेन्द्रराज आचार्यलाई भृकुटीमण्डपमा एक कार्यक्रमका बीच हस्तान्तरण गरेको हो । सो अवसरमा मन्त्री आचार्यले भूकम्पबाट धेरैजसो महिला र बालबालिका प्रभावित भएको बताउँदै प्राकृतिक विपत्तिको यस दुःखको घडीमा सरकार सदैव पीडित जनताको साथमा रहेको बताए ।

समाजकल्याण परिषद्का आर्थिक विभाग प्रमुख दुर्गा भट्टराईका अनुसार सङ्कलित राहत सामग्रीमा हाइनेक, ट्राउजर, पोलार ब्ल्याङ्केट, पछ्यौरा, रिभरसिभर ज्याकेट, बालबालिकाका लागि पाइन्ट, टोपी र स्यानिटरी प्याडलगायतका लत्ताकपडाका छन् ।

यही कात्तिक १७ गते शुक्रबार राति जाजरकोटको रामीडाँडामा केन्द्रबिन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो । सो भूकम्पका कारण ठूलो मानवीय र भौतिक क्षति पुगेको छ ।

वि.सं.२०८० कात्तिक २४ शुक्रवार १७:०६ मा प्रकाशित

प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा

प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी...

पर्यापर्यटनको केन्द्रका रूपमा विकास हुँदै ‘म्हाजु’

पर्यापर्यटनको केन्द्रका रूपमा विकास हुँदै ‘म्हाजु’

वालिङ (स्याङ्जा) । आँधीखोला गाउँपालिका–१ मा अवस्थित म्हाजु भञ्ज्याङ पर्यटकको...

सुनचाँदीकोे मूल्य घट्यो

सुनचाँदीकोे मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ ।...

जग्गा विवादमा आमाको हत्या

जग्गा विवादमा आमाको हत्या

कञ्चनपुर । दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५...

लागुऔषधसहित सात जना पक्राउ

लागुऔषधसहित सात जना पक्राउ

भद्रपुर (झापा) । लागुऔषध खैरो हिरोइनसहित सात जना पक्राउ परेका...

नौ करोड दुई लाखमा बन्यो फलेवास नगरपालिकाको भवन

नौ करोड दुई लाखमा बन्यो फलेवास नगरपालिकाको भवन

पर्वत । सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत...