back
CTIZAN AD

बर्सेनि लाखौँको अलैँची बेच्दै बरेङका किसान

वि.सं.२०८० कात्तिक २६ आइतवार

1.4K 

shares

ढोरपाटन (बागलुङ) । बागलुङको बरेङ गाउँपालिकामा आठ वर्षदेखि व्यावसायिक अलैँची खेती हुँदै आएको छ । यहाँका कृषकले ‘नमूना अलैँची उत्पादक कृषक समूह’मार्फत व्यावसायिक अलैँची खेती गर्दै आएका हुन् ।

बसाइँसराइका कारण रित्तिदै गएका जमिनलाई उपयोग गरी बर्सेनि लाखौँको अलैँची यहाँबाट निर्यात गर्ने गरेका छन् । अघिल्लो वर्षको तुलनामा यस वर्ष उत्पादनमा गिरावट आएको छ । अलैँची फुल्ने बेला लामो समय खडेरी पर्दा उत्पादनमा ५० प्रतिशतले कमी आएको नमूना अलैँची उत्पादक कृषक समूहका अध्यक्ष विमल पौडेलले जानकारी दिए ।

आठ वर्ष अगाडि खेती सुरु गरे पनि छ वर्षदेखि उत्पादन दिन थालेको भन्दै अलैँचीले विस्तारै बजारसमेत पाउन थालेको उनको भनाइ छ । गाउँको तीन सय रोपनीमा गरेको अलैँची खेती किसानको आयआर्जनको माध्यम बनेको उनले बताए । दुई वर्ष अगाडि रु ३५, गत वर्ष रु २८ र यस वर्ष रु २२ लाखको अलैँची निर्यात भएको उनको भनाइ छ । उनले यस वर्ष १६ क्विन्टल अलैँची बिक्री गरेको जनाउँदै रु आठ सयदेखि रु एक हजार पाँच सयसम्म मूल्य पार्न सफल भएको बताए । समयममा पानी परेको भए यस वर्ष झण्डै रु ३५ लाख बढीको अलैँची उत्पादन गर्ने लक्ष्य राखेको उनको भनाइ छ ।

“यो ठाउँमा अलैँची राम्रो उत्पादन भइरहेको थियो, पोहोरपरार साल राम्रो उत्पादन हुँदा मूल्य कम पाइयो, यस वर्ष कम उत्पादन भयो, मूल्य बढी पाइयो, मुख्य समस्या खडेरी बन्यो, चैत–वैशाखमा फूल फुल्ने र दाना हाल्ने गर्छ, त्यसबेला पानी परेन दाना र फूल सकेपछि उत्पादन राम्रो गर्न सकिएन”, अध्यक्ष पौडेलले भने, “तर हामीहरू उत्साहित छौँ, उत्पादन बढाउने गरी काम गरिरहेका छौँ, हामीले उत्पादन गरेको अलैँची धेरै ठाउँमा पुग्ने गरेको छ, किसान पनि यसको खेती गर्नतर्फ आकर्षित भएका छन्, बजार व्यवस्थापनलाई पनि जोड दिएका छौँ ।”

बरेङ गाउँपालिकाले वडा नं २ हुग्दिशिरलाई अलैँची खेतीको पकेट क्षेत्र घोषणा गरी किसानलाई व्यावसायिक बन्न आकिर्षत गरेको छ । पाखोबारीमा पनि अलैँची राम्रो हुने हुँदा वनमाराले ढाक्न थालेका जग्गाको सदुपयोग हुन थालेको स्थानीय कृषक तुलसीप्रसाद शर्माले बताए । हाल तीन सय रोपनी क्षेत्रफलमा अलैँची खेती गरिदै आए पनि आफूहरू यसको क्षेत्र विस्तार गर्ने योजनामा रहेको उनको भनाइ छ । अलैँचीमा ढुसीजन्य रोग लाग्ने र बोट मर्ने हुँदा पालिकाले प्राविधिक सहयोग गरे थप उत्पादनमा टेवा पुग्ने शर्मा बताए । अलैँची खेतीमा बरेङ गाउँपालिकासहित केन्द्र र प्रदेश सरकारले समेत सहयोग गर्दै आएको उनको भनाइ छ ।

उनले भने, “पहिले वनमाराले ढाकेको बाँझो जमिनमा अहिले अलैँचीको व्यावसायिक उत्पादन गर्न थालेका छौँ, खेती सुरु गर्ने बेला राम्रो उत्पादन नभएर लगानी खेर जान्छ कि, बजार पाइँदैन कि भन्ने लागेको थियो, अहिले बजार पनि पाइएको छ, उत्पादन पनि ठिकै छ, त्यसले गर्दा हामीहरू थप उत्साहित भएका छौँ, घरबाटै अलैँचीको गुणस्तर हेरेर ग्राहकले लैजाने गर्नुभएको छ, अन्य बालीलाई जस्तो धेरै समय दिन पर्दैन, गाउँमा समूह बनाएर महिला दिदीबिहिनीलाई समावेश गरेका छौँ, यसबाट गाउँमा दुई–चार जनालाई स्वरोजगार पनि बनाएको छ ।”

अलैँची खेतीसम्बन्धी आफूहरूलाई प्राविधिक ज्ञान नभएको जनाउँदै शर्माले पालिकाले यससम्बन्धी तालिमको व्यवस्था गरिदिन सके उत्पादन अझै बढेर जाने बताए । समूहमा गाउँका सबैलाई समेट्ने र युवा शक्तिलाई परिचालन गर्नका लागि थप योजना बनाएको उनको भनाइ छ । प्राविधिक ज्ञानको कमीका कारण समय–समयमा अलैँचीका बोट मर्ने समस्या आएको शर्माले बताए ।

बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले किसानलाई आधुनिक प्रविधिसँग जोडेर उत्पादन वृद्धि गर्नका लागि पालिकाले हरेक वर्ष लगानी गर्दै आएको बताए । किसानलाई आवश्यक तालिम, पराशर्म र उन्नत जातका बीउबिजन प्रदान गर्दै आएको उनको भनाइ छ । बरेङमा प्रशस्त उत्पादन हुने उर्वर भूमि रहेको हुँदा त्यसको उपयोग गरी रोजगार सिर्जना गर्नतर्फ आफूहरूले जोड दिएको अध्यक्ष शर्माले जानकारी दिए ।
रासस

वि.सं.२०८० कात्तिक २६ आइतवार ११:१६ मा प्रकाशित

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

देउखुरी (दाङ) । घोराही उपमहानगरपालिका–१७ कर्जाहीमा छ वर्ष अघिसम्म जलाशय...

घूस लिएको अभियोगमा मुद्दा दायर

घूस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा रुपन्देहीमा...

राष्ट्रियसभाः शून्य समयमा समसामयिक विषयमा ध्यानाकर्षण

राष्ट्रियसभाः शून्य समयमा समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण...

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभाको नियमावली मस्यौदा समितिको प्रतिवेदन,...

पहिरोका कारण मध्यपहाडी लोकमार्गमा अवरुद्ध

पहिरोका कारण मध्यपहाडी लोकमार्गमा अवरुद्ध

काठमाडौँ । बेमौसमी वर्षाका कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्ग पूर्ण...