काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग बम्किएको समाचार सार्वजनिक भएका छन् ।
बुधबार प्रकाशित जनआस्था साप्ताहिकका अनुसार पूर्वप्रधानमन्त्री देउवाले ‘अरु सबैकुरा गर्नुस् तर केपी ओली रहुन्जेल एमालेसित मिल्ने कुरा चाँहि लिएर नआउनुस् । गठबन्धनबाट भन्दा एमालेसँग मिलेर जाँदा राष्ट्रियसभा चुनावमा ४ सिट बढी पाइने प्रस्ताव लिएर देउवा समक्ष पुगेका दोस्रो तहका नेतालाई देउवाले त्यस्तो प्रतिक्रिया दिएको बताइएको छ ।
समाचारमा भनिएको छ, ‘भविष्यमा समेत केपी ओलीसँग सहकार्यको संभावना नरहेको भन्दै देउवाले कडा रोष प्रकट गरेपछि नेताहरु जिल्ल परेका थिए ।’ समाचारमा कुन–कुन नेता भनेर नखुलाइए पनि ओलीलाई देउवाले बचनमा इमान्दार नभएको अनुभुति सार्वजनिक गर्दै आएका थिए ।
एमालेबाट धेरैपटक धेरै र आकर्षक प्रस्ताव जाँदा पनि देउवाले ओलीको प्रस्ताव अस्वीकार गर्दै आएको घटनाक्रमका समाचार सार्वजनिक हुँदै आएका थिए ।
वि.सं.२०८० पुस ११ बुधवार १३:५१ मा प्रकाशित






























