back
CTIZAN AD

व्यावसायिक दक्षता अभिवृद्धिमा सभामुख घिमिरेको जोड

वि.सं.२०८० फागुन ५ शनिवार

1.2K 

shares

काठमाडौँ । सभामुख देवराज घिमिरेले शैक्षिक उन्नयन तथा भाषिक विकासका साथै सृजनशीलता एवं व्यावसायिक दक्षता अभिवृद्धिमा जोड दिएका छन् ।

नेपाल अङ्ग्रेजी भाषा शिक्षक सङ्घ(नेल्टा) को आयोजनामा २८औँ अन्तर्राष्ट्रिय सम्मेलन तथा वार्षिक साधरणसभाको आज यहाँ उद्घाटन गर्दै सभामुखले विषयविज्ञको पेसागत व्यावसायिक दक्षता अभिवृद्धि गरी शैक्षिक रुपान्तरण गर्नुपर्ने बताएका हुन् । नेल्टाको सहयोगमा अङ्ग्रेजी भाषा शिक्षकका ज्ञान, सीप र अनुभवलाई आदानप्रदान गर्न सञ्चालन हुने तालिम, कार्यशाला, सम्मेलनले सम्बन्धित क्षेत्रको विकासमा योगदान पुग्ने विश्वास उनले व्यक्त गरे ।

नेल्टाका अध्यक्ष मोतीकला सुब्बा देवानले सन् १९९२ मा स्थापित संस्थाले सातै प्रदेशका साथै ५८ जिल्लामा सञ्जाल विस्तार तथा अङ्ग्रेजी शिक्षाका माध्यमबाट शिक्षाको गुणस्तर अभिवृद्धि, अङ्ग्रेजी विषयका विज्ञको पेसागत अभिवृद्धिका कार्य गरेको जानकारी दिए ।

नेपाल, भारत, संयुक्त राज्य अमेरिका, बेलायत, जापान, बङ्गलादेश, मलेसियालगायत २० देशका प्रतिनिधि सहभागी सम्मेलनमा विविधतायुक्त अङ्ग्रेजी भाषा शिक्षणमा पुनः विचारसम्बन्धी छलफल, कविता गोष्ठी, साझेदार संस्थाको प्रस्तुतीकरण, एक सय ६४ वटा विभिन्न कार्यशाला तथा अध्ययन अनुसन्धानका विषयमा प्रस्तुति गरिने छ ।

यही फागुन ७ गतेसम्म सञ्चालन हुने सम्मेलनमा नेपालका अङ्ग्रेजी शिक्षक, प्रशिक्षक, अनुसन्धातालगायत एक हजारजनाको सहभागिता छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतका कार्यालय, स्थानीय सरकारका साथै अमेरिकी सरकार, ब्रिटिस काउन्सिल, फुल ब्राइट कमिसनजस्ता अन्तर्राष्ट्रिय संस्था नेल्टाका साझेदार संस्था हुन् ।

वि.सं.२०८० फागुन ५ शनिवार १५:२१ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...