back
CTIZAN AD

जुनारमा किरा व्यवस्थापन प्रविधि सुरु

वि.सं.२०८१ वैशाख २४ सोमवार

1.4K 

shares

कमलामाई (सिन्धुली) । सिन्धुलीको जुनार बगैँचामा प्रोटिन–वेट छिट्न सुरु गरिएको छ । जुनारमा लाग्ने औँसा कीरा व्यवस्थापनका लागि प्रोटिन–वेट छर्किन सुरु गरिएको हो ।

यसले जुनार तथा सुन्तला जातका फलफूलमा लाग्ने औँसा कीरा व्यवस्थापन हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपर जोनका प्रमुख यमकुमार श्रेष्ठले जानकारी दिए ।

उनले भने, “प्रोटिन वेट विषादीयुक्त हुन्छ, जुनारको फल कुहाउने औँसा नियन्त्रणका लागि छरिएको हो, प्रोटिन वेटमा कीरा आकर्षण हुन्छ, यसले प्रोटिन वेट सँगसँगै विषादी पनि खान्छ र कीरा मर्छ, त्यसैले जुनारको फलमा अण्डा पार्न सक्नैन्, जसले गर्दा किराको औँसा विकास हुँदैन र फल जोगाउन सक्छौँ ।”

यतिबेला बोटमा जुनारको फल गुच्चा आकारको भएको छ । प्रोटिन–वेट बगैँचाको प्रत्येक तीन बोट बराबर एक बोटको कुनै एक छेउमा छर्कने गरिएको छ । जुनार बगैँचामा प्रोटिन–वेट छर्किन स्प्रेकर्तालाई तालिम दिएर बगैँचामा खटाइएको छ । यतिबेला स्प्रेकर्ता आफ्नो स्वास्थ्य सुरक्षाका लागि सावधानी अपनाउँदै जुनार बगैँचामा प्रोटिन वेट छरिरहेका देख्न सकिन्छ । फलेका तीन बोटमध्ये एक बोट जुनारको निश्चित ठाउँमा चिन्ह लगाइ एक भाग प्रोटिन वेटमा दुई भाग पानी मिसाएर तयारी प्रोटिन–वेटको घोल साताको एक पटक १० सातासम्म स्प्रे गर्नुपर्ने हुन्छ ।

सात वर्षअघिदेखि जुनार फल कुहाउने कीराको प्रकोप नियन्त्रणका लागि विषादी छर्किने गरिएको छ । प्रोटिन–वेट विषादी छर्केपछि जुनारको दाना कुहाउने तथा औँसा पार्ने झिँगा चाइनिज सिट्रस फ्लाई ब्याक्ट्रोसेरा मिन्याक्स नियन्त्रणमा आएको जुनार कृषक नारायण सापकोटाको भनाइ छ ।

उनले अघिल्लो वर्ष दुई सय बोटको जुनार बिक्री गरेर रु पाँच लाख आम्दानी गरेका थिए । कृषक सापकोटाको बगैँचामा अहिले तीन सय ५० जुनारका बोट छन् । उनले जुनार बगैँचाभित्र लसुन, प्याजलगायत तरकारीजन्य खेती पनि गरेका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपर जोनको तथ्याङ्कलाई आधार मान्दा सिन्धुलीमा हाल एक हजार ५० हेक्टरमा जुनारको व्यावसायिक खेती भइरहेको छ । जिल्लाको गोलन्जोर, सुनकोसी, फिक्कल र तीनपाटन गाउँपालिका तथा कमलामाई नगरपालिकाको वडा नं ३ जुनारका ‘पकेट क्षेत्र’ हुन् ।

वि.सं.२०८१ वैशाख २४ सोमवार १४:१३ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...