back
CTIZAN AD

रास्वपाका मन्त्रीहरुद्वारा आफ्नो सम्पत्ती विवरण सार्वजनिक गरिदिन भन्दै प्रधामन्त्रीलाई पत्राचार

वि.सं.२०८१ वैशाख २५ मंगलवार

1.1K 

shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरुले आफ्नो सम्पत्ति सार्वजनिक गरिदिन भन्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा पत्राचार गरेका छन् ।

सम्पत्ती विवरण सार्वजनिक गरिदिन भन्दै पत्राचार गर्नेहरुमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ रहेका छन् ।

उनीहरुले वेग्ला वेग्लै पत्र लेखेर मन्त्रिपरिषद् कार्यालयमा बुझाएको आफुहरुको सम्पत्ती विवरण नागरिक तथा संचारमाध्यमको जानकारीका लागि सार्वजनिक गरिदिन पत्राचार गरेका हुन् ।

‘मन्त्रीका रुपमा नियुक्त भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मैले बुझाएको सम्पत्ति विवरण सार्वजनिक गरिदिनुहुन अनुरोध गर्दछु ।’ उनीहरुद्वारा गरिएको पत्राचारमा उल्लेख छ ।

वि.सं.२०८१ वैशाख २५ मंगलवार १४:२६ मा प्रकाशित

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

पाँचथर । जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा...

व्वाइज होस्टलमा भएको कुटपिटबाट युवकको मृत्यु, एक किशोर पक्राउ

व्वाइज होस्टलमा भएको कुटपिटबाट युवकको मृत्यु, एक किशोर पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा...

आज यी चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...