back
CTIZAN AD

काँग्रेसले बहुमतले ल्याउने महामन्त्री कोइराला

वि.सं.२०७४ वैशाख २७ बुधवार

696 

shares

 

२७ वैशाख, नवलपरासी । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले स्थानीय तहको निर्वाचनमा सबै स्थानमा नेपाली काँग्रेसले बहुमतले ल्याउने दाबी गर्नुभएको छ ।

आफ्नो निर्वाचन क्षेत्र नवलपरासी क्षेत्र नं १ का विभिन्न स्थानमा मंगलबार आयोजित चुनावी प्रचारप्रसार अभियानलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले काँग्रेसले स्थानीय तहको निर्वाचनमा बहुमत ल्याउनुको विकल्प नभएको दाबी गर्नुभयो ।

नवलपरासीको प्रदेश नं ४ मा रहेको हुप्सेकोट गाउँपालिका–३ देउरालीमा भएको चुनावी आम सभालाई सम्बोधन गर्नुहँुदै डा कोइरालाले यस्तो बताउनुभएको हो ।

सभालाई सम्बोधन गर्दै कोइरालाले उर्लंदो जनसागरले नेपाली काँग्रेसको विजय सुनिश्चित गरिसकेको बताउँदै तीव्र विकास र समृद्धिका लागि काँग्रेसलाई जिताउन मतदातालाई आग्रह गर्नुभयो ।

कावासोतीको विष्णुनगरमा आयोजित सभालाई सम्बोधन गर्दै नेता कोइरालाले संविधान जारी गरेको काँग्रेसले अब जनताको घरघरमा सिहंदरबारको अधिकार सुम्पिन लागेको बताउनुभयो । जिल्लाको बुलिङटार, डेढगाउ, कीर्तिपुर, झयाल्बास, बन्दीपुर र कावासोती नगरपालिकाको विष्णुनगरमा आयोजित चुनावी सभामा सम्बोधन गर्नुभएको थियो ।

महामन्त्री कोइरालाले मंगलबारै नवलपरासीको देवचुली, बन्दीपुरलगायतका स्थानमा समेत चुनावी अभियानमा सहभागी बन्नुभएको छ । आफ्नो निर्वाचन क्षेत्र रहेको नवलपरासीको क्षेत्र नं १ मा तीन दिनसम्म पार्टीको प्रचार प्रसार अभियानमा महामन्त्री कोइराला सहभागी बन्ने योजना छ । रासस

वि.सं.२०७४ वैशाख २७ बुधवार ०२:१३ मा प्रकाशित

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

महेन्द्रनगर । पुर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा बुधबार दिउँसो जिप र...

सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान

सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान

कञ्चनपुर ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का किसानले लामो समयदेखि भोग्दै...

नाबालिका बलात्कारको आरोपमा दुई जना पक्राउ

नाबालिका बलात्कारको आरोपमा दुई जना पक्राउ

महेन्द्रनगर । एक नाबालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुर प्रहरी दुई...

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट...

पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

भैरहवा (रुपन्देही) । रुपन्देहीको मर्चवार क्षेत्रमा सम्मरीमाई गाउँपालिका–३ मा पर्ने...

पश्चिम एसियामा द्वन्द्व : उद्धार तथा आवश्यक सहायतालगायतका लागि विवरण दर्ताक्रम जारी

पश्चिम एसियामा द्वन्द्व : उद्धार तथा आवश्यक सहायतालगायतका लागि विवरण दर्ताक्रम जारी

काठमाडौँ  । पश्चिम एसियाको द्वन्द्वपछि परराष्ट्र मन्त्रालयल अन्तर्गतको कन्सुलर सेवा...