काठमाडौं । नायिका पूजा शर्मा पहिलोपटक शसक्त रुपमा एक्सन भूमिकामा देखिएकी छन् ।
लभर गर्लका रुपमा परिचित नायिका पूजा शर्माले पहिलोपटक एक्सन भूमिका निर्वाह गरेको चलचित्र ‘दान्भी’ को ट्रेलर बिहीबार सार्वजनिक भएको छ ।
फिल्ममा पूजासँगै कुन्साङ बोन्जन शीर्ष भूमिकामा रहेका छन् ।
रविना थापा मगरको कथा, रूपेश तामाङको निर्देशन, देव मगर र अनुप गडाल निर्माता रहेको उक्त फिल्ममा संजोग कुँवर रानाको पटकथा तथा संवाद, श्री श्रेष्ठको द्वन्द्व, हरिबहादुर घलेको छायाँकन र बन्द्रे प्रसादको सम्पादन रहेको छ । उक्त फिल्म असार ७ गते देशभरीका सिनेमा हलमा लाग्ने बताइएको छ ।
वि.सं.२०८१ जेठ १७ बिहीवार १५:३७ मा प्रकाशित






























