back
CTIZAN AD

काठमाडौँमा कबाड व्यवसायीको प्रदर्शन 

वि.सं.२०८१ असार २ आइतवार

963 

shares

काठमाडौँ । काठमाडौँको माइतीघर देखी नयाँ बानेश्वरमा कबाड व्यवसायीहरूले प्रदर्शन गरेका छन् । महानगरपालिकाले रिङ रोड भित्रबाट कबाड हटाउने निर्णय गरेपछि उनीहरू आन्दोलित बनेका हुन् ।

कबाड व्यवसायी सङ्घर्ष समिति गठन गरेर उनीहरू प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनकारीहरूले छोटे राजाहरूको आतङ्क बन्द गर, कबाड व्यवसायीको रक्षा गर, कानुनी शासन लागु गर, अदालतको निर्णयको सम्मान गर जस्ता प्लेकार्ड बोकेर नारा लगाएका थिए ।

रिङ रोडभित्रका कबाड हटाउने काठमाडौँ महानगरपालिकाको निर्णयविरुद्ध प्रदर्शन गरिएको सङ्घर्ष समितिले जनाएको छ । आफूहरूको व्यवसायलाई विस्थापित गर्ने उद्देश्यले रिङ रोडभित्रका कबाड हटाउन लागिएकोले आन्दोलन गर्नु परेको व्यवसायीहरूको भनाइ छ ।

काठमाडौँ महानगरका नगर प्रहरीले जबरजस्त शैलीमा आफूहरूलाई विस्थापित गराउन खोजेको व्यवसायीहरूको आरोप छ । जनप्रतिनिधिहरूले कबाड सङ्कलन केन्द्रका कारण धेरै असुरक्षा भएको गुनासो आएका कारण नक्सा पास नगरी राखिएका कबाड सङ्कलन केन्द्रमा यसअघि डोजर चलाइएको महानगरको भनाइ छ ।

महानगरले यसअघि माइकिङ गरेर कबाड सङ्कलन केन्द्र हटाउन सूचना गरेको थियो । तर कबाड व्यवासयीले कबाड सङ्कलन केन्द्र हटाउन नमानेपछि महानगरले डोजर समेत चलाएको थियो । महानगरका अनुसार महानगरभित्र ९० वटा कबाडी सङ्कलन केन्द्र रहेको र ३२ वटै वडामा कतै पनि कवाडी व्यवसाय राख्न नदिने नीति महानगरको छ ।

वि.सं.२०८१ असार २ आइतवार १३:२१ मा प्रकाशित

पहाडी र हिमाली भागमा हल्का वर्षाको सम्भावना

पहाडी र हिमाली भागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी,...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आज बिहीवार : कुन-कुन राशिलाई कस्तो फल ?

आज बिहीवार : कुन-कुन राशिलाई कस्तो फल ?

मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले,...

नेप्से परिसूचक एक दशमलव ६४ प्रतिशतले घट्यो

नेप्से परिसूचक एक दशमलव ६४ प्रतिशतले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४६ दशमलव ७८...

महालक्ष्मी विकास बैंकद्धारा दिगो बैकिङ्ग प्रबद्र्धनको लागि पदयात्रा

महालक्ष्मी विकास बैंकद्धारा दिगो बैकिङ्ग प्रबद्र्धनको लागि पदयात्रा

काठमाडौँ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा...