back
CTIZAN AD

काठमाडौँ महानगरको आम्दानी पाँच प्रतिशतले वृद्धि

वि.सं.२०८१ असार २ आइतवार

906 

shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आम्दानीमा पाँच प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । गत आर्थिक वर्षको जेठ महिनाको तुलनामा यो आर्थिक वर्षमा आम्दानीमा वृद्धि भएको महानगरले जनाएको छ ।

महानगरका अनुसार आन्तरिक राजश्व तर्फ ३.३५ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष जेठसम्ममा महानगरको आन्तरिक राजश्वमार्फतको आम्दानी करिब चार अर्ब ७७ करोड रहेको थियो । चालु आर्थिक वर्षको सोही अवधिमा उक्त आम्दानी बढेर करिब चार अर्ब ९३ करोड पुगेको छ ।

महानगरले आन्तरिक राजश्व तर्फ २३ शीर्षकमा राजश्व सङ्कलन गर्दै आएको छ । तीमध्ये सम्पत्तिको बहाल तथा पट्टा बापतको आयमा लाग्ने कर चालु आवमा महानगरले उठाएको छैन ।

त्यस्तै राजश्व बाँडफाँड शीर्षकको आम्दानी भने गत वर्षभन्दा घटेको छ । यो शीर्षकमा महानगरले गत वर्ष करिब एक अर्ब ५६ करोड आम्दानी गरेको थियो । चालु आर्थिक वर्षको सोही अवधिमा उक्त आम्दानी १.४३ प्रतिशतले घटेर करिब एक अर्ब ५४ करोडमा सीमित भएको छ ।

सङ्घीय सरकार र प्रदेश सरकारहरूले समानिकरण अनुदानको रकम घटाएता पनि शसर्त अनुदानको रकममा उल्लेख्य वृद्धि भएको छ । प्रदेश र सङ्घीय सरकारहरूबाट आएको अनुदान रकम पनि झन्डै १८ प्रतिशतले वृद्धि भएको महानगरले जनाएको छ ।

चालु आर्थिक वर्षमा महानगरको कूल बजेट करिब साढे २५ अर्ब हाराहारी थियो । आगामी आर्थिक वर्षको बजेटको पूर्व सन्ध्यामा महानगरले आफ्नो आम्दानी विवरण सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्ष महानगरको बजेट वृद्धि हुने अपेक्षा गरिएको छ ।

कसरी बढ्यो अम्दानी ? 
संघीय सरकारले समपुरक अनुदानमा कटाैती गरे पनि महानगरकाे अम्दानीमा बृद्धि भएकाे छ ।  महानगरका अनुसार स्थलगत वडा कर सचेतना कार्यक्रम, राजश्व विभागले गरेको कर दाखिला निरिक्षण, प्रचार–प्रसारको कार्य, सेवासँग राजश्व असुली आवद्धता, अनलाइन प्राथमिकताका साथ कार्यान्वयनलगायतका कार्यक्रमहरु सञ्चालन गरेपछि राजश्वमा वृद्धि भएको हो ।

 

 

वि.सं.२०८१ असार २ आइतवार १४:४५ मा प्रकाशित

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

काठमाडौँ । सरकारले विसं २०८३ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक...

नेप्से परिसूचक ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक ३८ अङ्कले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८ दशमलव ५२...

 कतारले ग्यासको उत्पादन रोकेपछि ग्यासको मूल्यमा ४५ प्रतिशत वृद्धि

 कतारले ग्यासको उत्पादन रोकेपछि ग्यासको मूल्यमा ४५ प्रतिशत वृद्धि

लन्डन । कतारको राज्यद्वारा सञ्चालित ऊर्जा कम्पनी कतार इनर्जीले आफ्ना...

इरानी ‘आणविक प्रतिष्ठानमा आक्रमण भएको कुनै सङ्केत छैन’ : आइएइए

इरानी ‘आणविक प्रतिष्ठानमा आक्रमण भएको कुनै सङ्केत छैन’ : आइएइए

भियना । अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आइएइए) उनको एजेन्सीले इरानमा...

निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई थप निर्देशन...

बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने

बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि सरकारले घोषणा...