back
CTIZAN AD

काफल बेचेर पढाइ खर्च जुटाउँदै बालबालिका

वि.सं.२०७४ वैशाख ३० शनिवार

855 

shares

balbalika३० वैशाख,दाङ । यहाँका बालबालीकाले काफल बेचेर पढाइ खर्च जुटाउन थालेका छन् ।

फुर्सद्को समयमा कपुरकोट बजार र तुलसीपुर सल्यान सडक खण्डमा काफल बेच्न बसेका बालबालिकाले दैनिक रु एक हजारदेखि रु एक हजार पाँच सयसम्म आम्दानी गर्ने गरेका कपुरकोट गाउँपालिकाका उमेश पुनले बताउनुभयो ।

कक्षा ६ मा अध्ययन गर्ने पुन शनिबार तथा विद्यालय छुट्टी भएपछि काफल बिक्री गर्न गरेको बताउनुहुन्छ । “काफल बेचेर पढाइखर्च चलेको छ,” उहाँले भन्नुभयो ।

हाल स्थानीय तहको निवार्चनका कारण विद्यालय बन्द भएकाले यही मौका छोपेर काफल बिक्री गर्ने गरेको अर्का बालक खिमबहादुर वलीले बताउनुभयो । उहाँ जङ्गलमा गएर बिहान काफल टिप्ने र साँझ बिक्री गर्ने गर्नुहुन्छ ।

त्यस्तै धनवाङकी कमला पुन अरुसँग खरिद गरेर काफल बिक्री गर्नुहुन्छ । कक्षा– ७ मा पढ्दै गरेकी पुनले रु ७० मा एक मानो काफल किनेर रु एक सयमा बिक्री गर्नुहुन्छ । “दैनिक रु तीन सयदेखि रु पाँच सयसम्म फाइदा हुन्छ,” उहाँले भन्नुभयो ।

काफल बिक्री गरी दैनिक रु चार सय भन्दाबढी आम्दानी गर्ने यमुना घर्तीले सो रकमले कापी, कलम किन्ने गरेको बताउनुभयो । उहाँ जस्तै अन्य बालबालिकाले काफल बेचेर मनग्य आम्दानी गदैआएका छन् ।

वि.सं.२०७४ वैशाख ३० शनिवार ०८:५५ मा प्रकाशित

जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह

जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले जनताको...

लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ । त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलबाट गाँजाजस्तो देखिने तीन किलो १६०...

पृथ्वीराजमार्गः ४१ किमी पूरा

पृथ्वीराजमार्गः ४१ किमी पूरा

तनहुँ । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको ४१...

मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने

मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने

जनकपुरधाम । मधेश प्रदेशमा यस वर्ष आँप उत्पादनमा वृद्धि हुने...

पौडी खेल्ने क्रममा बालक महाकालीमा बेपत्ता

पौडी खेल्ने क्रममा बालक महाकालीमा बेपत्ता

खलङ्गा (दार्चुला) । दार्चुलामा महाकाली नदीमा पौडी खेल्ने क्रममा एक...

यी हुन् राप्रपाले सांसदमा सिफारिस गरेका व्यक्ति

यी हुन् राप्रपाले सांसदमा सिफारिस गरेका व्यक्ति

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत...