काठमाडौँ । नेकपा एमालेकी सांसद सरस्वती सुब्बाले नेपाल-भारत सीमामा परिचयपत्र लागू गर्न माग गरेकी छन् । बिहीबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उनले नेपाल भारत खुला सीमा भएकै कारण अपराध बढेको बताइन् ।
उनले केही दिनदेखि तराईका जिल्लामा गोली हानेर अनाहकमा मर्नु परेको र लागू पदार्थको दुरुपयोग भएको बताइन् । यस्तो समस्या रोकथाम गर्नका लागि सरकारको योजना के छ त्यसबारे जानकारी गराउन उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग माग गरिन् । साथै, तत्काल सरकारले सशस्त्र प्रहरीको सङ्ख्या थपेर भए पनि सीमा क्षेत्रमा निगरानी बढाउनुपर्ने बताइन् ।
वि.सं.२०८१ असार ६ बिहीवार १३:०१ मा प्रकाशित






























