back
CTIZAN AD

सुदूरपश्चिममा पहिलो पटक दलित समुदायबाट दुईजना मन्त्री

वि.सं.२०८१ असार १७ सोमवार

666 

shares

अत्तरिया (कैलाली) । सुदूरपश्चिम प्रदेश सरकारमा दलित समुदायबाट पहिलो पटक दुईजना मन्त्री बनेका छन् । प्रदेश सरकारमा पहिलो पटक दुईजना दलित प्रदेशसभा सदस्यलाई मन्त्रीको जिम्मेवारी दिइएको हो ।

मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आइतबार नेकपा एमालेका हीरा सार्कीलाई आन्तरिक मामिला तथा कानुन र नेकपा (माओवादी केन्द्र)की लक्ष्मी विकलाई शिक्षा, युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी दिएका हुन् । उनीहरु गत जेठ २८ गते विनाविभागीय मन्त्रीमा नियुक्त भएका थिए ।

सार्की र विक दुबै जना समानुपातिकतर्फका सांसद हुन् । सङ्घीयतापछि सुदूरपश्चिम प्रदेशमा बनेका अन्य सरकारमा दलित समुदायबाट राज्यमन्त्रीसम्म बनाइएको थियो । प्रदेश सरकारको पहिलो कार्यकालमा नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका त्रिलोचन भट्ट नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट मानबहादुर सुनारलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री, नेकपा एमालेबाट अर्चना गहतराजलाई आर्थिक मामिला राज्यमन्त्री र नेपाली कांग्रेसका टेकबहादुर रैकालाई सामाजिक विकास राज्यमन्त्री बनाइएको थियो ।

हाल दलित समुदायबाट सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रबाट एक÷एक जना प्रदेशसभा सदस्य छन् । ‘हाम्रो पार्टीभित्रको आन्तरिक सङ्घर्षले दलित समुदायबाट क्याविनेट मन्त्री बन्नुभएको छ’, एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ती समाजका सुदूरपश्चिम प्रदेश अध्यक्ष भानसिंह विश्वकर्माले भने, ‘विगतका सरकारभन्दा अहिलेको सरकार समावेशी बनेको छ । यसमा हामी खुसी छौँ ।’

माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका सुदूरपश्चिम प्रदेश अध्यक्ष जगत विकले पार्टीले यसपटक सही मुल्याङ्कलन गरेको बताए । उनले भने, ‘पार्टीले एक जना भए पनि क्याबिनेट मन्त्री बनाएको छ । यो सकरात्मक कदम हो ।’
गत वैशाख ६ गते मूख्यमन्त्रीमा नियुक्त हुनुभएका सोडारी नेतृत्वको सरकारमा मुख्यमन्त्रीसहित १० सदस्यीय मन्त्रिपरिषद् रहेको छ ।

वि.सं.२०८१ असार १७ सोमवार १२:४३ मा प्रकाशित

मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’

मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’

कञ्चनपुर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित...

प्रदेश निर्वाचन सुरक्षा समितिद्वारा सीमा र मतदानस्थलको निरीक्षण

प्रदेश निर्वाचन सुरक्षा समितिद्वारा सीमा र मतदानस्थलको निरीक्षण

दोधारा चाँदनी (कञ्चनपुर) । सुदूरपश्चिम प्रदेश निर्वाचन सुरक्षा समितिले भारतसँग...

निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु भएको छ...

चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

कञ्चनपुर । जीर्ण अवस्थामा रहेको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरस्थित रामजानकी मन्दिरलाई...

मणिकाधाममा विद्युत् सेवा विस्तार

मणिकाधाममा विद्युत् सेवा विस्तार

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ स्थित धार्मिक पर्यटकीय क्षेत्र मुडका (मणिका...

‘प्रजातन्त्र दिवसले दिगो शान्ति र सुशासनको बाटोमा हिँड्न प्रेरणा प्रदान गरोस्’

‘प्रजातन्त्र दिवसले दिगो शान्ति र सुशासनको बाटोमा हिँड्न प्रेरणा प्रदान गरोस्’

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय प्रजातन्त्र दिवसले...