back
CTIZAN AD

टीआरसीका विषयमा सकारात्मक छलफल भयो : जनार्दन शर्मा

वि.सं.२०८१ असार १९ बुधवार

1K 

shares

काठमाडौँ । संक्रमणाकालीन न्यायसम्बन्धी विषयमा सहमति खोज्न बनेको कार्यदलले शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउने विषयमा छलफल गरेको छ । बुधवार सिंहदरबारमा बसेको कार्यदलको बैठकले छलफल सकारात्मक भएको जनार्दन शर्माले बताए ।

आजको बैठकमा द्वन्द्वकालमा भएका घटनामा सँजाय र पीडितसँग सहमति लिने विषयमा सहमति नजिक भएको उनको दाबी छ । ‘कार्यदलको बैठक सकारात्मक भएको छ । बैठकमा सुझाएका विषय छन् । पीडितसँग सहमति लिने सन्दर्भ पनि छ । कस्ता खालको मुद्दालाई कसरी परिभाषित गर्ने भन्ने छ । केही टुङ्ग्यायौँ केही बाँकी छ’, बैठकपछि सञ्चारकर्मीसँग शर्माले भने ।

कार्यदलका अर्का सदस्य रमेश लेखकले पनि बैठक सकारात्मक भएको बताए । टीआरसीमा देखिएका मुद्दाहरूलाई सहमति खोज्न कांग्रेस, एमाले र माओवादीबाट तीन सदस्यीय कार्यदल गठन भएको थियो । कार्यदलमा माओवादीबाट शर्मासहित, कांग्रेसका लेखक र एमालेबाट महेश बर्तौला रहेका छन् । कार्यदल गठन भएपछि पहिलोपटक बैठक बसेको हो । अर्को बैठक छिट्टै बस्ने शर्माले जानकारी दिए ।

वि.सं.२०८१ असार १९ बुधवार १७:०१ मा प्रकाशित

सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि

सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि

काठमाडौँ ।  स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि भएको...

आजको मौसम: कोशी, बागमती र गण्डकीमा चट्याङसहित वर्षाको सम्भावना

आजको मौसम: कोशी, बागमती र गण्डकीमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहनुका साथै...

समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने

समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने

काठमाडौँ । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन...

ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध

ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध

काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा देखिएको अभावलाई कारण बनाएर खाना पकाउने...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग

सिद्धार्थनगर (भैरहवा) । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई तत्काल पूर्ण क्षमतामा सञ्चालनमा...

पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक

पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक

झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा छ हजार...