back
CTIZAN AD

राष्ट्रियसभा : विशेष समयमा सांसदहरु बोल्ने क्रम जारी

वि.सं.२०८१ साउन २१ सोमवार

720 

shares

काठमाडौँ । राष्ट्रियसभाको बैठक केही बेरअघि सुरु भएको छ । बैठकको विशेष समयमा अहिले सांसदहरुले आफ्नो धारणा राखिरहेका छन् ।

सांसद सुमित्रा बिसीले मुलुकमा बाढी, पहिराका घटना, बस दुर्घटना, हवाई दुर्घटनालगायत प्राकृतिक विपत्तिको घटनामा ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै मृतकहरुप्रति श्रद्धाञ्जलि तथा शोक सन्तप्त परिवारजनमा समवेदन प्रकट गरे । उनले नर्सिङ क्षेत्रमा लामो समय काम गरेकाको स्तरवृद्धि नभएको गुनासो सम्बोधन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराए

आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस’, भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

यस्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यावधि थप गर्ने गरी जारी भएको आदेश, बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाउ आदेश सदन समक्ष पेश गर्ने कार्यसूची रहेको छ ।

वि.सं.२०८१ साउन २१ सोमवार १५:३० मा प्रकाशित

राहत सामग्री काठमाडौँ प्रशासनको एकद्वार प्रणालीमार्फत वितरण गर्ने

राहत सामग्री काठमाडौँ प्रशासनको एकद्वार प्रणालीमार्फत वितरण गर्ने

काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका...

काठमाडौं देखि मुग्लिङसम्मको सडकखण्ड पूर्ण रुपमा सुचारु

काठमाडौं देखि मुग्लिङसम्मको सडकखण्ड पूर्ण रुपमा सुचारु

काठमाडौं । बाढी तथा पहिरोका कारण केही दिनदेखि प्रभावित बनेको...

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की । पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी...

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी बाढी प्रभावित...

धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट पनि उद्धार गर्न सुरु

धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट पनि उद्धार गर्न सुरु

भक्तपुर ।  यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको...

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

काठमाडौँ ।  प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने...