back

सांसदद्वारा बाढी र पहिरोको कहर व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण

वि.सं.२०८१ साउन २१ सोमवार

261 

shares
NTC AD

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले बाढी, पहिरो र डुबानका कारण देशका विभिन्न स्थानमा देखिएका समस्या समाधान गर्न संसद्मार्फत् सरकारको ध्यानाकर्षण गराएका छन् । प्राकृतिक जोखिम तथा विपद् व्यवस्थापन, राहत तथा उद्धारलगायतका काम प्रभावकारीरुपमा अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

आजको बैठकको आकस्मिक समयमा बोल्नुहुँदै सांसद सूर्यबहादुर थापा क्षेत्रीले देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानका कारण जनजीवन प्रभावित भएको विषय संसदमा उठाए । बाढी र पहिरोबाट प्रभावितलाई तत्काल राहत उपलब्ध गराउनुपर्ने उनको माग थियो ।

सांसद माया राईले भोजपुरका विभिन्न स्थानमा बाढी तथा पहिरोको समस्या भएको विषय संसद्मा राखिन् । अर्का सांसद हेमराज राईले बाढी, पहिरो र डुबानका कारण देशभरी धनजनको क्षति भएकाले पीडितलाई राहत तथा क्षतिपूर्तिको माग गरे । बाढी र पहिरोबाट भएको यकीन क्षतिको विवरण संसद्लाई जानकारी गराउन पनि उनले सरकारसँग माग गरे । त्यस्तै, इर्खुवा खोलामा आएको बाढीले बगाएर दुई जनाको मृत्यु भएको र निर्माणाधिन चारवटा जलविद्युत् आयोजना पूर्णरुपमा बगाएको विषय उनले संसद्मा उठाए ।

सांसद गंगा कार्कीले बाढी र पहिरोका कारण दोलखालगायतका विभिन्न स्थानमा सडक अवरुद्ध भएकाले सडक खुलाउन शीघ्र कदम चालिनुपर्ने माग गरिन् । प्राकृतिक प्रकोप नियन्त्रण तथा व्यवस्थापनका लागि स्थानीय सरकारले काम गर्न नसकेकाले विपद् व्यवस्थापनको जिम्मेवारी प्रदेश र सङ्घ सरकारले लिनुपर्ने उनले बताए । सांसद प्रेमबहादुर महर्जनले बाढीका कारण काठमाडौँ उपत्यकाका नदीमा पानीको प्रवाह बढेर विभिन्न स्थान डुबानमा परेको बताए ।

सांसद माधव सापकोटाले नेपाल विद्युत् प्राधिकरणका दुई जना सञ्चालक कपिल आचार्य र भक्तबहादुर पुनलाई हटाएर सरकारले देवेन्द्र कार्की र महेन्द्र गुरुङलाई नियुक्त गरेको विषय माथि आपत्ति जनाए । त्यस्तै, डेडिकेटेड र ट्रङ्कलाईन बक्यौता असुलि सम्बन्धमा सार्वजनिक लेखा समितिको भूमिका माथि उनले प्रश्न गरे । साथै सार्वजनिक लेखा समितिको सभापति विपक्षी दलले पाउनुपर्ने माग राखे ।

सांसद सोभिता गौतमले आफ्नो निर्वाचन क्षेत्र भ्रमणका क्रममा आफुमाथि अभद्र व्यवहार भएको विषय जानकारी गराइन् । यस्तो व्यवहारबाट आफुलाई असुरक्षा महशुस भएको सांसद गौतमको भनाइ थियो ।

सांसद तारा लामा तामाङले जङ्गली जनावरको आक्रमण बढेको र बालीनालीमा क्षति पु¥याइरहेको विषय राखिन् । कञ्चनपुरमा बाघको आक्रमणबाट गत हप्तामात्रै एक जनाले ज्यान गुमाएको र पछिल्लो डेढ वर्ष अवधिमा तीन जनाले बाघको आक्रमणबाट ज्यान गुमाएको उनले बताइन् ।

अर्का सांसद रणेन्द्र बरालीले बाघको आक्रमणबाट कञ्चनपुरमा एक जनाको मृत्यु भएको र चितवनमा एक जना घाइते भएको उल्लेख गर्नुहुँदै मानव र जङ्गली जनावरबीच द्वन्द्व बढेको बताए ।

सांसद डा अमरेशकुमार सिंहले सहकारी क्षेत्रको समस्या समाधान गर्न सरकार जिम्मेवार र गम्भीर हुन नसकेको आरोप लगाए । त्यस्तै, केही लगानीकर्ताकर्ताले ‘इन्साइडर ट्रेडिङ’ गरेको र केही कम्पनीको शेयर मूल्यमा चलखेल भइरहेको बताउनुभयो । लगानीकर्ता र धितोपत्र दलालले चलखेल गरिहेको उनको भनाइ छ । अनलाईन र सामाजिक सञ्जालबाट लगानीकर्तालाई गलत सूचना दिई भित्री कारोबार भइरहेको उनले उल्लेख गरे । शेयर बजारमा ‘इन्साइडर ट्रेडिङ’ र ‘कर्नरिङ’ भएको विषयमा छानबिन समिति गठन गर्न उनले माग गरे ।

वि.सं.२०८१ साउन २१ सोमवार १५:३२ मा प्रकाशित

ADBL AD
बिपीको चिन्तन अनुुसरण गरी कांग्रेसलाई थप सुदृढ बनाउनुपर्छ : सभापति देउवा

बिपीको चिन्तन अनुुसरण गरी कांग्रेसलाई थप सुदृढ बनाउनुपर्छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका संस्थापक नेता...

कवाडी व्यवसायीको गुनासो : दश महिनादेखि हाम्रो माग सुनुवाइ भएन

कवाडी व्यवसायीको गुनासो : दश महिनादेखि हाम्रो माग सुनुवाइ भएन

काठमाडौं । काठमाडौँ महानगरमा निर्बाध रुपमा कवाड व्यवसाय गर्न पाउनुपर्ने...

‘सर्वोच्चको फैसलाविरुद्ध तत्काल पुनरावलोकनमा जानुपर्छ’

‘सर्वोच्चको फैसलाविरुद्ध तत्काल पुनरावलोकनमा जानुपर्छ’

काठमाडौँ । सांसद राजेन्द्र पाण्डेले काठमाडाँै उपत्यकको नदी किनारासम्बन्धी सर्वोच्च...

माओवादी केन्द्रको कोशी प्रदेशस्तरीय परामर्श बैठकमा ७०को सुझाव

माओवादी केन्द्रको कोशी प्रदेशस्तरीय परामर्श बैठकमा ७०को सुझाव

उदयपुर । नेकपा माओवादी केन्द्रको १ नम्बर प्रदेशस्तरीय परामर्श बैठक...

भिसाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने चारजना पक्राउ

भिसाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने चारजना पक्राउ

काठमाडौँ । नेपालस्थित अमेरिकन दूतावासमा इलेक्ट्रोनिक विविधता भिसा (इडिभी) प्रयोजनका...

आज गणेश महोत्सव समापन गरिँदै

आज गणेश महोत्सव समापन गरिँदै

काठमाडौं । श्री गणेश युवा समिति काठमाडौँद्वारा आयोजित तीनदिने गणेश...