back
CTIZAN AD

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

वि.सं.२०८३ साउन १९ मंगलवार

33 

shares

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही उजागर गरेको छ ।

अनुमतिप्राप्त दर्जनौँ सेवा प्रदायकले कानुनबमोजिम कोषमा बुझाउनुपर्ने साढे १६ करोडभन्दा बढी रकम अझै दाखिला नगरेको प्रतिवेदनमा उल्लेख गरेको हो ।

महालेखापरीक्षकको ६३ औँ वार्षिक प्रतिवेदनअनुसार प्राधिकरणबाट अनुमति पाएका २६१ मध्ये १३ वटा सेवा प्रदायकले आर्थिक वर्ष २०८०÷८१ को ग्रामीण दूरसञ्चार विकास कोषको शुल्क र त्यसबापतको जरिवाना बुझाएका छैनन् । दूरसञ्चार प्राधिकरणको नियमअनुसार सेवा प्रदायकहरूले आफ्नो वार्षिक आम्दानीको २ प्रतिशत रकम आर्थिक वर्ष सकिएको ६ महिनाभित्र यो कोषमा जम्मा गरिसक्नुपर्छ । तोकिएको समयभित्र रकम नबुझाएमा प्रत्येक महिना २ प्रतिशतका दरले थप जरिवाना लाग्ने स्पष्ट व्यवस्था छ।

तर, ती १३ कम्पनीले आर्थिक वर्ष २०८०÷८१ मा कमाएको कुल ८ अर्ब १० करोड ९५ लाख रुपैयाँ आम्दानीको २ प्रतिशतले हुन आउने १६ करोड २१ लाख रुपैयाँ र सो बापतको जरिवाना कोषमा दाखिला नै गरेका छैनन् ।

यसैगरी, इन्टरनेट सेवाको शुल्क निर्धारण र अनुगमनमा पनि गम्भीर कमजोरी देखिएको प्रतिवेदनले औँल्याएको छ । दूरसञ्चार ऐन, २०५३ अनुसार इन्टरनेटको सेवा शुल्क प्राधिकरणबाट अनिवार्य स्वीकृत हुनुपर्छ। तर, बजारमा बिक्री भइरहेका ब्याण्डविथ प्याकेजहरूमा मर्मत खर्च र इन्टरनेटको मुख्य शुल्क छुट्टाछुट्टै नदेखाइएको पाइएको छ। यसले गर्दा उपभोक्ता ठगिने जोखिम बढेकाले प्राधिकरणलाई स्पष्ट कानुनी खाका बनाउन र सेवा प्रदायकहरूले स्वीकृत दरभन्दा फरक प्याकेज बेचिरहेका छन् कि छैनन् भनेर कडा अनुगमन गर्न महालेखाले सुझाव दिएको छ

वि.सं.२०८३ साउन १९ मंगलवार १७:४१ मा प्रकाशित

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...

करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा

करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा

काठमाडौँ । करदाता प्रोत्साहन उपहारअन्तर्गत विजेताहरु घोषणा गरिएको छ ।...

मृत अवस्थामा केसी

मृत अवस्थामा केसी

दाङ । स्थानीय राजेन्द्र केसी मोटरसाइकलसहित मृत अवस्थामा फेला परेका...

राष्ट्रियसभा बैठक साउन २७ गते

राष्ट्रियसभा बैठक साउन २७ गते

काठमाडौँ । राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक स्थगन भएको छ...

मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे

मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे

जनकपुरधाम । मधेस प्रदेशका विभिन्न जिल्लामा ट्रान्सफर्मर चोरीका घटना बढ्दै...

केन्द्रीय बैंक ६० अर्बको एकमहिने निक्षेप सङ्कलन गर्दै

केन्द्रीय बैंक ६० अर्बको एकमहिने निक्षेप सङ्कलन गर्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु ६० अर्ब बराबरको एकमहिने...