back
CTIZAN AD

अनेरास्ववियू (क्रान्तिकारी) गण्डकी प्रदेशको अध्यक्षमा त्रिदिप गुरुङ

वि.सं.२०८१ भदौ २५ मंगलवार

1.1K 

shares

काठमाडौँ । अनेरास्ववियू (क्रान्तिकारी) गण्डकी प्रदेश समितिको अध्यक्षमा त्रिदिप गुरुङ निर्वाचित भएका छन् । संगठनको दोस्रो गण्डकी प्रदेश सम्मेलनले गुरुङ अध्यक्ष रहने गरी ७५ सदस्सीय प्रदेश समिति गठन गरेको छ ।

समितिको खुल्लातर्फको उपाध्यक्षमा वसन्त भट्टचन्द, सरोजबल्ब भट्टराई, अशोक मरख्खा छन् । समावेशी उपाध्यक्षमा कुल बहादुर बुढा ‘प्रेम’, महिला उपाध्यक्षमा सिता बराल चयन भएका छन् । यस्तै प्रमुख सचिवमा सुजन बास्तोला, खुल्ला सचिवमा प्रदीप ढकाल, विशद उपाध्याय, सन्दीप महतो, महिला सचिवमा जुना तामाङ, समावेशी सचिवमा दुर्गा विक, कोषाध्यक्षमा अनिल सुनार छन् भने बाँकी सदस्यमा चयन भएका छन् ।

सम्मेलनमा नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश इन्चार्ज दिनानथ शर्माले विद्यार्थी संगठनका नेताका काँधमा भोलीका देशको नेतृत्व गर्ने जिम्मेवारी भएकाले गतिशील र क्रान्तिकारी संगठनमा गोलबन्द हुनुपर्ने बताए । उनले गण्डकी प्रदेशमा भएका सम्पूर्ण विद्यार्थीहरूलाई अखिल क्रान्तिकारीमा जोडन आग्रह गर्दै विद्यार्थीको हित र रक्षाका लागि अखिल क्रान्तिकारी नै लड्न सक्ने बताए ।

यस्तै अनेरास्ववियू (क्रान्तिकारी)की केन्द्रीय सदस्य पञ्चा सिंह, उपाध्यक्षहरु पवन कार्की, नारायण खनाल, क्षितिज सापकोटा, प्रविना अधिकारी, केशव रावल, मदन भोल, जिपी मैनाली, इन्द्र भुसाल, महासचिव दिपेश पुन, पार्टीका गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ, विद्यार्थी फ्याक्सन इन्चार्ज ज्ञामनाथ गैरे ‘अनिल’, सचिव जगन्नथा खनाल लगायतले बोलेका थिए ।

अध्यक्षमा निर्वाचन पश्चात् अध्यक्ष त्रिदिप गुरुङले सङ्गठनलाई एकताबद्ध र मज्वुत बनाएर लैजाने प्रतिबद्धता जनाए । उनले वास्तविक विद्यार्थी र सङ्गठनबिचको अन्तरलाई चिर्ने उद्घोष गर्दै गुट र उपगुटको मनोविज्ञानलाई निस्तेज पार्ने बताए ।

वि.सं.२०८१ भदौ २५ मंगलवार ११:४९ मा प्रकाशित

राहत सामग्री काठमाडौँ प्रशासनको एकद्वार प्रणालीमार्फत वितरण गर्ने

राहत सामग्री काठमाडौँ प्रशासनको एकद्वार प्रणालीमार्फत वितरण गर्ने

काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका...

काठमाडौं देखि मुग्लिङसम्मको सडकखण्ड पूर्ण रुपमा सुचारु

काठमाडौं देखि मुग्लिङसम्मको सडकखण्ड पूर्ण रुपमा सुचारु

काठमाडौं । बाढी तथा पहिरोका कारण केही दिनदेखि प्रभावित बनेको...

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की । पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी...

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी बाढी प्रभावित...

धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट पनि उद्धार गर्न सुरु

धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट पनि उद्धार गर्न सुरु

भक्तपुर ।  यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको...

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

काठमाडौँ ।  प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने...