back
CTIZAN AD

छ वर्षदेखि अलपत्र ‘ला ज्यालो वाङ थोप’ गुम्बा

वि.सं.२०८१ असोज १० बिहीवार

672 

shares

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा छ वर्षअघि निर्माण सुरु गरिएको ‘ला ज्यालो वाङ थोप’ गुम्बा अलपत्र परेको छ ।

पाँच वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री शेरधन राईले विसं २०७४ माघ–१९ गते शिलान्यास गरेकोे ६० फिट अग्लो गुम्बा निर्माण उपभोक्ता समितिको लापरबाहीका कारण अलपत्र परेको हो ।

प्रदेश सरकार र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको साझेदारीमा निर्माण सुरु गरिएको गुम्बा निर्माणका लागि स्थानीय महेश तामाङको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको थियो । करिब रु २१ करोड लगानीमा सम्पन्न हुने निर्माणाधीन गुम्बाका लागि अहिलेसम्म जगमात्र ठड्याइएको छ ।

नुनथलाको पर्यटकीयस्थल संसारीडाँडामा निर्माणाधीन गुम्बाको जगमा प्रयोग गरिएको फलामे रड अहिले खिया लागेर बाङ्गिन थालेको छ । आर्थिक वर्ष २०७५÷७६ मा नगरपालिकाले उपलब्ध गराएको रु १५ लाख बजेटमा फाउण्डेसनको काम भएको र आर्थिक वर्ष २०७६÷७७ मा प्रदेशको रु ९९ लाख बजेटबाट भुइँतलामा पिलरको डण्डी ठड्याइएको थियो ।

प्रदेश सरकारले रु एक करोड ५० लाख बजेट विनियोजन गरे पनि उपभोक्ता समितिमार्फत रु एक करोड भन्दा कमको मात्र योजना सञ्चालन गर्न पाइने भएकाले रु ९९ लाखको सम्झौता गरिएको स्थानीयको गुनासो छ ।

प्रदेशबाट विनियोजित बजेटबाट काम सम्पन्न गरेको भनि उपभोक्ता समितिले फरफारक गरेपनि विनियोजित बजेटमा अनियमितता भएको भन्दै स्थानीयले प्रदेशमा गुनासो गरेका थिए ।

नुनथलामा निर्माणाधीन गुम्बा योजनाको काममा अनियमितता भएपछि अलपत्र परेको वडाध्यक्ष भगेश्वर राईले बताए । “प्रदेश र स्थानीय सरकारको सहकार्यमा गुम्बा निर्माण योजनाको काम सुरु भएको गरिएको थियो । निर्माण उपभोक्ता समितिमार्फत काम थालिएको योजनामा हिसाब गडबडी भएको थाहा पाएपछि प्रदेशले बजेट बन्द ग¥यो”, उनले भने, “जगमात्र ठड्याइएको योजनाको काम अहिले पूर्णरुपमा बन्द छ ।

उपभोक्ता समितिका अध्यक्ष तामाङले भने, प्रदेश सरकारबाट खटिएका इञ्जिनीयरले गरेको स्टिमेट अनुसार नै आफूहरुले गुम्बा निर्माणको काम गरेको दाबी गरेका छन् ।

वि.सं.२०८१ असोज १० बिहीवार ११:१४ मा प्रकाशित

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

काठमाडौँ । एकाएक उर्लिएको भोटेकोशी बाढी जीवनका लागि त्रासदीपूर्ण दिन...

पाँच दिनपछि धुञ्चेमा‘जेनेरेटर’: निःशुल्क मोबाइल चार्ज,टुटेको आशालाई जोड्दै

पाँच दिनपछि धुञ्चेमा‘जेनेरेटर’: निःशुल्क मोबाइल चार्ज,टुटेको आशालाई जोड्दै

रसुवा । जिल्ला सदरमुकाम धुन्चेमा ‘मोबाइल फोन चार्ज’का लागि ‘जेनेरेटर’...

एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित

एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्र्गत आज भएको...

रसुवा बाढी संकटबारे प्रधानमन्त्री शाह सुरक्षा प्रमुखसँग छलफलमा

रसुवा बाढी संकटबारे प्रधानमन्त्री शाह सुरक्षा प्रमुखसँग छलफलमा

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट सिर्जित संकट समाधान...

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

दमौली (तनहुँ) । देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन...

भोटेकोसी बाढीमा हराइरहेका आफन्तको शव पहिचान गर्न डीएनए नमुना दिन प्रहरीको आग्रह

भोटेकोसी बाढीमा हराइरहेका आफन्तको शव पहिचान गर्न डीएनए नमुना दिन प्रहरीको आग्रह

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण आफन्तजन हराइरहेका...