back
CTIZAN AD

पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

वि.सं.२०८१ असोज १५ मंगलवार

531 

shares

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । पश्चिम नवलपरासीको जङ्गलमा बाटो भासिएपछि पूर्व-पश्चिम राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बर्दघाट नगरपालिका-४ खुर्सानीखोलास्थित दाउन्ने जङ्गलमा पूर्व-पश्चिम राजमार्ग भासिएको हो ।

सडक भासिएर पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएपछि सवारीसाधन प्रवेशमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए । उनका अनुसार सडक अनुमानित डेढ फिट भासिएको छ ।

बुटवल-नारायणगढ निर्माण हुँदै गरेको सडकको ‘रिटर्निङवाल’ चर्केर विद्युत्को ‘हाइटेन्स पोल’ पनि सडकमा ढलेको प्रहरी नायब उपरीक्षक बोहराले बताए । बाटो खुलाउनका लागि सडक डिभिजन, विद्युत् कार्यालय नवलपरासीको संयुक्त प्रयास भइरहेको उनले जानकारी दिए ।

यसैबीच सड्क भासिएर अवरुद्ध भएको पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-नारायणगढ सड्कको मर्मत सुरू भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयालले जानकारी दिए । सोमबार साँझ ५ बजेतिर सडक भसिएर आवागमन अवरुद्ध बनेनेको भन्दै यात्रुहरू अलपत्र परेपछि सोमबार राति साढे ११ बजेदेखि मर्मत सुरू गरिएको उनले बताए । आज बिहानसम्म मर्मत सम्पन्न गरी नियमित सडक सञ्चालन गर्नेगरी काम भइरहेको प्रहरी उपरीक्षक फुयालले जानकारी दिए । रासस

वि.सं.२०८१ असोज १५ मंगलवार ०७:२६ मा प्रकाशित

एमालेलाई हराउँदै डोटीमा नेपाली कांग्रेस विजयी

एमालेलाई हराउँदै डोटीमा नेपाली कांग्रेस विजयी

डोटी । एकमात्र निर्वाचन क्षेत्र रहेको यहाँ नेपाली कांग्रेसका उम्मेदवार...

‘दलीय राजनीतिबाट विदा लिए’ भन्दै यस्तो लेखे रबिन्द्र मिश्रले

‘दलीय राजनीतिबाट विदा लिए’ भन्दै यस्तो लेखे रबिन्द्र मिश्रले

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र...

किन हुन सकेन यी चार निर्वाचन क्षेत्रको मतगणना ?

किन हुन सकेन यी चार निर्वाचन क्षेत्रको मतगणना ?

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने ९प्रत्यक्ष०तर्फ...

बागलुङ-१, रुपन्देही-३ र ललितपुर १ -मा रास्वपाका खड्का, थापा र महर्जन विजयी

बागलुङ-१, रुपन्देही-३ र ललितपुर १ -मा रास्वपाका खड्का, थापा र महर्जन विजयी

काठमाडौं । रुपन्देही जिल्लाको ३ नम्बर निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र...

बझाङमा एमालेका उम्मेदवार ऐनबहादुर महर विजयी

बझाङमा एमालेका उम्मेदवार ऐनबहादुर महर विजयी

चैनपुर (बझाङ) । प्रतिनिधिसभा निर्वाचन बझाङमा नेकपा (एमाले)का उम्मेदवार ऐनबहादुर...

प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अग्रता

प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अग्रता

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले...