back

मधेशसहित तीन प्रदेशका केही स्थानमा वर्षाको सम्भावना !

वि.सं.२०८१ कात्तिक ४ आइतवार

717 

shares

काठमाडौं । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने जनाएको छ ।

कोशी, मधेश, बागमती र कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने छ । कोशी, मधेश, बागमती प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

विभागका अनुसार आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीलगायत बाँकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

वि.सं.२०८१ कात्तिक ४ आइतवार ०८:०५ मा प्रकाशित

Himalayan Life AD
वर्षाका कारण पाकेको धान काट्न नपाउँदा चिन्तामा किसान

वर्षाका कारण पाकेको धान काट्न नपाउँदा चिन्तामा किसान

म्याग्दी । खेतमा पाकेको धान भित्र्याउने समयमा भएको वर्षातका कारण...

आज हरि बोधिनी एकादशी : घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै

आज हरि बोधिनी एकादशी : घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै

काठमाडौँ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा...

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

खरेल र न्यौपानेद्धारा पार्टी परित्याग, क्रान्तिकारीहरुको एकतामा जोड

खरेल र न्यौपानेद्धारा पार्टी परित्याग, क्रान्तिकारीहरुको एकतामा जोड

काठमाडौँ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य नन्दलाल खरेल...

वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट

वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगमको महाप्रबन्धक...

फोहरमैला घरमै राख्न कामपाको आग्रह

फोहरमैला घरमै राख्न कामपाको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले फोहरमैला विसर्जन स्थल बञ्चरेडाँडा ल्याण्डफिल साइटमा...