back
CTIZAN AD

सुमन शर्माको गजल सङ्ग्रह विमोचन

वि.सं.२०८२ फागुन १७ आइतवार

1.2K 

shares

काठमाडौँ । साहित्यकार सुमन शर्माको–“साई सुमनका गजलहरू’ को लोकापर्ण गरिएको छ ।

गजल प्रवर्द्धन केन्द्र नेपालको आयोजनामा नेपाल प्रज्ञाप्रतिष्ठान कमलादी काठमाडौँको लेखनाथ सभाकक्षमा गजलसङ्ग्रहको लोकार्पण गरिएको हो । उक्त गजल संग्रहको डा. घनश्याम परिश्रमी, डा. देवी पन्थी, समीक्षक हरिप्रसाद पौडेल स्वर्ण शिखा, हरिभक्त सिग्देल महेश कलानिधि दाहाल तथा शितल गिरी लगायतका अतिथिहरूले गरेका हुन् ।

केन्द्रका महासचिब लक्ष्मीप्रसाद पराजुलीको स्वागत मन्तव्य, गजल प्रवध्र्दन केन्द्रका अध्यक्ष अरुणकुमार श्रेष्ठको सभापतित्व, गजलविद्वद्च्छिरोमणि तथा केन्द्रका संरक्षक डा. घनश्याम परिश्रमीको प्रमुख आतिथ्यता तथा केन्द्रका सल्लाहकार डा. देवी पन्थी, सल्लाहकार हरि प्रसाद पौडेल स्वर्ण शिखा र ध्रुव प्रसाद गजुरेल, कृतिकार सुमन शर्मा, अध्यात्मक चिन्तक हरिभक्त सिग्देल, साहित्यकार कलानिधी दाहाल, गायक तथा सङ्गीतकार सन्तोष श्रेष्ठ , गायक शैलेन्द्र प्रसाद सिग्देल गायिका पूजन मिश्र, कवि तथा गीतकार भुवन शिवाकोटी चौघरे, केशव पराजुली, विनोद नेपाल, दिनेश बिक्रम थापा , राजन न्यौपाने र जुमन किरण, लगायतको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

शर्मिला तिमल्सिनाको संचालन रहेको उक्त कार्यक्रममा हरिप्रसाद पौडेल स्वर्ण शिखाले साई सुमनका गजलहरूको समीक्षा गर्दै कृति र कृतिकारको प्रशंसा गरेका थिए भने डा. घनश्याम परिश्रमीले कृतिकारलाई संभावित उदीयमान गजलकार भन्दै शुभेच्छा सहित प्रशंसा प्रकट गरे । डा. देवी पन्थीले सुमन शर्माको कृति माथि टिप्पणी गर्दै शुभकामना व्यक्त गरे।

उक्त कार्यक्रममा गजल प्रवर्द्धन केन्द्र नेपालले कृतिकार सुमन शर्मालाई दोसल्ला ओडाएर सम्मान गर्दै कदरपत्र प्रदान गरेको थियो भने गजल प्रवर्द्धन केन्द्र, नेपालका संरक्षक डा. घनश्याम परिश्रमी, सल्लाहकारद्वय हरि प्रसाद पौडेल स्वर्ण शिखा र डा. देवी पन्थी दोसल्ला ओडाएर सम्मान गरिएको थियो । कृतिकार सुमन शर्माले सम्मानित संरक्षक तथा सल्लाहकारद्वयलाई मायाको चिनो प्रदान गरेकी थिइन् ।

वि.सं.२०८२ फागुन १७ आइतवार २१:२६ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...