back
CTIZAN AD

सचिव छाडेर उपप्रमुख बनेकी ताराकुमारी माडीको मुहार फेर्ने धूनमा

वि.सं.२०७४ जेठ ९ मंगलवार

690 

shares

९ जेठ , रत्ननगर (चितवन)। उपप्रमुख बनेको पहिलो दिन कुर्सीमा बस्दा ताराकुमारी काजी महतोलाई नौलो लाग्यो । पहिले सचिवको कुर्सीमा हुनुहुन्थ्यो अहिले उपप्रमुखको कुर्सीमा पुग्नुभयो ।

सोमबार माडी नगरपालिकाको उपप्रमुखको कुर्सीमा बसेपछि वडाध्यक्षहरुसँग छलफल गर्नुभयो । “परिचयात्मक कार्यक्रम भो, पहिले कर्मचारी थिएँ, अहिले जनप्रतिनिधि भएकी छु,” खुसी हुँदै ताराकुमारीले भन्नुभयो – “अब बोझ बढेको छ ।”

उहाँको चिन्ता अब कसरी माडीको विकास गर्ने भन्ने छ । माडीमा जङ्गली जन्तुको आतङ्क छ । खहरे खोलानालाले माडीमा वर्षात्का बेला आतङ्क नै मच्चाउँछ ।

निकुञ्जले घेरिएको उपत्यका भएकाले स्रोतसाधन, उद्योगधन्दा छैन । त्यसैले पनि माडीको विकास गर्न चुनौती छ । “अब माडीको मुहार कसरी फेर्ने ? मेरो चिन्ता नै त्यही हो ” – ताराकुमारीले भन्नुभयो ।

गएको वैशाख १७ गते माडीको वडा सचिवबाट राजीनामा दिँदै गर्दा ताराकुमारीलाई खासै चिन्ता भएन । पार्टीबाटै तपार्इं आउनुप¥यो भनेपछि उहाँले राजीनामा दिएर उपप्रमुखको आकाङ्क्षा राख्नुभयो ।

उपप्रमुख भए पनि नभए पनि जागिर गुमेकामा कुनै चिन्ता लागेन ताराकुमारीलाई । “कति गर्नु एउटै काम, जे त होला भनेर त्यागेँ” – ताराकुमारी काजीले भन्नुभयो । नेकपा एमालेबाट नारायण पौडेल, चन्द्र बानियाँ र ताराकुमारीको नाम सिफारिस भयो र पछि उहाँ छानिनुभयो ।

प्रमुखमा नेकपा माओवादी केन्द्रको उम्मेदवार भए पनि उपप्रमुखमा अन्ततः जित उहाँकै भयो । उहाँले माओवादी केन्द्रका सरिता चौधरीलाई हराउनुभयो । उहाँको मत चार हजार ६९० आयो भने प्रतिद्वन्द्वीको तीन हजार ८०४ आयो । सर्वाधिक मत ल्याउनेमा उहाँ पर्नुभयो । माडीलाई इको नगर बनाउने, सुकुम्बासी समस्या समाधान गर्ने, खोलानालाको व्यवस्थापन गर्ने, जङ्गली जनावर आक्रमण न्यून गर्ने तथा कृषि उत्पादनको वृद्धिमा लाग्ने उहाँले अठोट गर्नुभएको छ ।

माडीका स्थानीयवासी गोविन्द न्यौपानेले अन्य उम्मेदवारलाई पछि पारेर जित्नुमा उहाँको सामाजिक व्यक्तित्व र गाविसमा छँदा कमाएको इज्जत नै भएको दाबी गर्नुहुन्छ ।

त्यसैले पनि प्रमुखमा माओवादी केन्द्र जित्दै गर्दा एमालेबाट उहाँ उपप्रमुखमा निर्वाचित हुनुभएको हो । दलित महिला सदस्यमा विजयी हुनुभएका माडीका इन्दिरा विक अरु पार्टीको पनि मत तात्न ताराकुमारी सफल भएको बताउनुहुन्छ । भोट माग्न जाँदा पनि उहाँको नाम मतदाताबाट आउने गरेको विक अनुभव सुनाउनुहुन्छ ।

त्रिचालीस वर्षीया ताराकुमारीको घर माडी वडा नं ३ वसन्तपुर हो । प्लस टु उत्तीर्ण उहाँका दुई छोरी छन् । श्रीमान् जयराम महतो शिक्षक हुनुहुन्छ ।

एसएलसीपछि २० वर्षमा बिहे भएको थियो उहाँको । छोरी जन्मेपछि कष्टले प्लस टु गरेको अनुभव सुनाउनुहुन्छ उहाँ । विसं २०६१ मा पहिलोपटक उहाँले जागिर सुरु गर्नुभयो ।

युनिसेफमा बालबालिकासम्बन्धी परियोजनामा जागिर पाउनुभयो । त्यसपछि उहाँले २०६३ सालमा साविक बघौडा गाविसको कार्यालय सहायकको जागिर पाउनुभयो । त्यसपछि माडी नगरपालिका बन्यो ।

उहाँ वडा नं ३, ४, ५ को वडा सचिव बन्नुभयो । वडा सचिवमा बहालमा रहँदारहँदै स्थानीय निकायको निर्वाचन आएपछि वैशाख १६ मा राजीनामा दिएर राजनीतिमा होमिनुभएका उहाँले अब विकासमा लाग्ने अठोट गर्नुभएको छ । उहाँ भन्नुहुन्छ – “अब मैले गरेर देखाउने दिन आएको छ ।”

वि.सं.२०७४ जेठ ९ मंगलवार ०८:०० मा प्रकाशित

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

काठमाडौँ । निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था...

कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा

कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा

पाटन (ललितपुर) । ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा...

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

काठमाडौँ । निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था...

निर्वाचनका लागि उपत्यकाबाट बाहिरिँदै मतदाता

निर्वाचनका लागि उपत्यकाबाट बाहिरिँदै मतदाता

काठमाडौँ । बिहिबार हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौँ...

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

काठमाडौँ । सरकारले विसं २०८३ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक...

नेप्से परिसूचक ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक ३८ अङ्कले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८ दशमलव ५२...