back
CTIZAN AD

आख्यानकार थापाको उपन्यास ‘मेरा गाउँको खड्क्या मन्त्री’को विमोचन

वि.सं.२०८१ पुस १५ सोमवार

1.1K 

shares

टीकापुर । आख्यानकार स्वर्गीय गगनसिंह थापाको नवौं कृति उपन्यास मेरा गाउँको खड्क्या मन्त्री एक कार्यक्रमका बिच टीकापुरमा लोकार्पण गरिएको छ ।

पञ्चायती शासन व्यवस्था र प्रजातन्त्र स्थापनाको परिवेशमा गरिबी, उत्पीडित खड्कबहादुर नेपाली र उनकी धर्मपत्नी धौंरी नेपालीलाई मुख्य पात्र बनाएर लेखिएको उपन्यासको लोकापर्ण नेपाली दम्पत्तीले गरेका हुन् ।

गगन फाउण्डेशनले प्रकाशन गरेको उपन्यासमा खड्कबहादुर र उनको परिवारलाई भोगेको समस्या, पीडा, दैनिक, जीवनयापनसहित कर्णाली सभ्यताको व्याख्या गरिएको छ ।

मेरा गाउँको खड्क्या मन्त्री उपन्यास लोकार्पण कार्यक्रममा उपन्यासमाथि समिक्षा गर्दै टीकापुर बहुमुखी क्याम्पसका सहप्राध्यापक डाक्टर धनकृष्ण उपाध्यायले आख्यानकार थापाका अन्य कृतिहरु भन्दा यो कृति उत्कृष्ट रहेको दाबी गरे ।

‘जित्नेहरुको इतिहास लेखिने नेपाली साहित्यमा उपन्यासमार्फत् आख्यानकार थापाले एक विपन्न परिवार, उसको संघर्ष, प्रजातन्त्र स्थापनाका लागि पुर्याएको योगदानबारे यर्थाथ उजागर गरिएको छ’ डाक्टर उपाध्यायले भने ‘आमनागरिकको जीवनस्तरमा परिवर्तन ल्याउने गरी व्यवस्था आउनु पर्ने धारणा उपन्यासमा देखिन्छ ।’

चौध अध्याय रहेको उपन्यासले कर्णाली र सुदूरपश्चिम प्रदेशको आञ्चलिकतामा जोड दिएको छ । प्रकाशक गगन फाउण्डेशनका संस्थापक हिक्मत थापाले उपन्यासका मुख्य पात्र नै प्रमुख अतिथि बनाएर लोकापर्ण गरिएको बताउँदै उक्त उपन्यासको बिक्रीबाट हुने सम्पूर्ण रकम खड्कबहादुरको परिवारलाई हस्तान्तरण गर्ने घोषणा गरे ।

‘यो उपन्यासका मुख्य पात्रको जीवन प्रजातन्त्र स्थापनाको लामो समय भइसक्दा समेत ज्यूँका त्युँ नै छ, उपन्यासको अन्त्यमा उनको जीवन सुखमय भएको कल्पना उपन्यासकारले गरेका छन्‌’ कवि समेत रहेका थापाले भने ‘थोरै भए पनि उनलाई राहत पुगोस् भन्नका लागि यो उपन्यासको सम्पूर्ण बिक्री रकम नेपालीको परिवारलाई हस्तान्तरण गर्नेछौं ।’

गगन फाउण्डेशनका संस्थापक थापाको अध्यक्षतामा भएको लोकापर्ण कार्यक्रममा देवकोटा साहित्य कला परिवारका अध्यक्ष बलबहादुर रावल, कालुप्रसाद काफ्लेले उपन्यास बारे बोलेका थिए ।

कार्यक्रममा दैलेखका दिलिप आचार्यले पुस्तक बिक्रीबाफत्को १० हजार रुपैयाँ समेत नेपालीको परिवारलाई हस्तान्तरण गरिएको थियो । टीकापुर नगरपालिका वडा नं. १ को सुकुम्बासी बस्तीमा अस्थायी टहरामा बस्दै आएका नेपाली बजार क्षेत्रमा मागेर जिविकोपार्जन गर्दै आइरहेका छन् ।

आख्यानकार थापाका यसअघि अस्ताचलको ढोकाबाट, कर्णालीको छेउछाउ, पूर्खाको चिठी गरी आठ वटा कृति प्रकाशित छन् ।

वि.सं.२०८१ पुस १५ सोमवार १७:५४ मा प्रकाशित

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको विकासको ढोका खुल्ने आशा गरिएको कञ्चनपुरको...

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली । कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह...

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

कर्णाली । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...