back
CTIZAN AD

शून्य समयः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

वि.सं.२०८१ फागुन २७ मंगलवार

672 

shares

काठमाडौँ । प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद मुक्ताकुमारी यादवले एसईई परीक्षा सुरु हुन लाग्दा शिक्षक आन्दोलित भएकाले समस्याकोे सामाधान छिटा गरिनुपर्ने बताईन् ।

सांसद मेटमणी चौधरीले दाङका मोही किसानहरुले न्यायकालागि धर्ना बसेको ३८ दिन बितिसक्दा पनि कुनै सुनवाइ नभएकाले समस्याको सुनवाई गर्न सरकारलाई ध्यानाकर्षण गराए ।

सांसद भीमप्रसाद आचार्यले सुनसरीको रामधुनी नगरपालिकाका–२ मा पर्ने सडक ठेक्कामा समस्या देखिएकाले पुनः ठेक्का लगाइ काम अगाडि बढाउन आग्रह गरे ।

सांसद मनिष झाले सडकमा सरकारप्रति असन्तुष्टि बढिरहेकाले विश्वासको वातावरण तय गर्न सुझाव दिए ।

यसैगरी सांसद माधव सापकोटाले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनकोे निर्र्वाचनमा स्वतन्त्र र भयरहित बनाउनुपर्नेमा जोड दिए ।

सांसद मीना तामाङले जनआन्दोलनबाट प्राप्त संविधानको प्रभावकारी कार्यान्वयनमा जोड दिईन् ।

सांसद मेनकाकुमारी पोखरेलले राष्ट्रिय राजमार्गमा मर्मत सम्भारका लागि बजेट नछुट्याउँदा दुर्घटना बढिरहेकाले सरकारको ध्यान जानुपर्ने बताए ।

सांसद रणकुमारी बलम्पाकी मगरले उत्पादित जुनारलाई भण्डारणका लागि सरकारबाट बजेट बिनियोजनको माग गरे । त्यसैगरी सांसद लालवीर चौधरीले बर्दिया जिल्लामा चैते धानका लागि सिँचाइको व्यवस्था हुनुपर्नेमा जोड दिए ।

सांसद रनेन्द्र बराइलीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अनावश्यक तनाव दिन उपयुक्त नरहेको धारणा राखे ।

सांसद राजेन्द्रकुमार केसीले नेपाल प्राकृतिक प्रकोपको जोखिम भएको मुलुक भए पनि राहत, उद्धार र पुनःनिर्माण प्रभावकारी हुन नसकेको बताए ।

सांसद रामकुमार राईले असोजमा आएको बाढीले लगेको फोक्सिङटार पूलको स्रोत सुनिश्चित गरेको, दुधकोशी हाइड्रोको मुआब्जा वितरण भएकामा सरकारको कामको प्रशंसा गरे ।

सांसद रामकिशोर यादवले नेपालमा पुनः राजतन्त्र स्थापना गर्न खोज्नु गलत रहेको बताए । सांसद रोशन कार्कीले राजनीतिक दलप्रतिको असन्तुष्टिले राजसंस्थाको समर्थनमा सर्वसाधारणको भीड देखिएको बताए ।

सांसद रामशंकर यादवले गाउँ ब्लकको जग्गा समाधान भइसक्दा पनि लालपूर्जा वितरण नभएको र त्यसको वितरणको माग गरे । सांसद रामहरि खतिवडाले ओखलढुंगा जिल्लामा स्वास्थ्य बिमाको रकम समयमा निकासा नभएकाले यथाशीघ्र रकम पठाउन माग गरे ।

सांसद रुक्मिणी राना बराइलीले देशको अनौपचारिक र औपचारिक क्षेत्रमा काम गर्ने श्रमिकले श्रम ऐनको प्रत्याभूति गर्न नपाएकाले श्रम ऐन कार्यान्वयनमा जोड दिए । सांसद लक्ष्मी तिवारीले हवाई सुरक्षामा गम्भीर हुनुपर्नेमा जोड दिए ।

वि.सं.२०८१ फागुन २७ मंगलवार १५:४३ मा प्रकाशित

राहत सामग्री काठमाडौँ प्रशासनको एकद्वार प्रणालीमार्फत वितरण गर्ने

राहत सामग्री काठमाडौँ प्रशासनको एकद्वार प्रणालीमार्फत वितरण गर्ने

काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका...

काठमाडौं देखि मुग्लिङसम्मको सडकखण्ड पूर्ण रुपमा सुचारु

काठमाडौं देखि मुग्लिङसम्मको सडकखण्ड पूर्ण रुपमा सुचारु

काठमाडौं । बाढी तथा पहिरोका कारण केही दिनदेखि प्रभावित बनेको...

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की । पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी...

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी बाढी प्रभावित...

धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट पनि उद्धार गर्न सुरु

धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट पनि उद्धार गर्न सुरु

भक्तपुर ।  यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको...

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

काठमाडौँ ।  प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने...