back
CTIZAN AD

सरकार जनताप्रति जिम्मेवार बन्न सक्नुपर्छः सांसद दाहाल

वि.सं.२०८१ फागुन २७ मंगलवार

684 

shares

काठमाडौँ । सांसद लेखनाथ दाहालले सरकार जनताप्रति जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभामा विशेष समयमा बोल्दै उनले सरकारले जनताप्रति जिम्मेवार भएर जनताको विश्वास जित्ने गरी काम गर्नुपर्नेमा जोड दिए ।

“सरकारले जनताको मन जित्ने गरी काम गर्न सकेकै छैन । भ्रष्टाचारक गर्नेलाई कारवाही गर्न सकेको छैन,” सांसद दाहालले भने, “सार्वजनिक संस्थाहरु घाटामा छन् । तर नाफामा पु¥याउने विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निरुत्साहित गराउने काम किन भइरहन्छ ?”

सांसद दाहालले नेपालमा राजसंस्थाको अन्त्य र लोकतान्त्रिक गणतन्त्रको घोषणा भई सङ्घीय लोकतन्त्रको अभ्यासमा उभिएको बताए । “सरकारलाई खबरदारी गर्न प्रतिपक्षी दलहरु एकै ठाउँमा छौँ । भ्रष्टाचार नियन्त्रणको मुद्दालाई केन्द्रमा राखेर सुशासन कायम राख्न लागिपरेको छौँ,” उनले भने, “सरकार जनताप्रति जिम्मेवार बन्न सकेको छैन ।”

पछिल्लो समय राजावादीहरु सलबलाइरहेको उल्लेख गर्दै सांसद दाहालले यसलाई विषयकरण गर्न जरुरी नरहेको बताए । “जनता र राज्यको हितमा सहकारी ऐन ल्याउनुपर्छ,” उनले बताए ।

वि.सं.२०८१ फागुन २७ मंगलवार १७:०५ मा प्रकाशित

राहत सामग्री काठमाडौँ प्रशासनको एकद्वार प्रणालीमार्फत वितरण गर्ने

राहत सामग्री काठमाडौँ प्रशासनको एकद्वार प्रणालीमार्फत वितरण गर्ने

काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका...

काठमाडौं देखि मुग्लिङसम्मको सडकखण्ड पूर्ण रुपमा सुचारु

काठमाडौं देखि मुग्लिङसम्मको सडकखण्ड पूर्ण रुपमा सुचारु

काठमाडौं । बाढी तथा पहिरोका कारण केही दिनदेखि प्रभावित बनेको...

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की । पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी...

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी बाढी प्रभावित...

धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट पनि उद्धार गर्न सुरु

धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट पनि उद्धार गर्न सुरु

भक्तपुर ।  यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको...

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

काठमाडौँ ।  प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने...