back
CTIZAN AD

नेपालको गणतन्त्र- खतरा को बाट ?

वि.सं.२०८१ फागुन २७ मंगलवार

3.4K 

shares

सरी (sorry) एउटा अजिव शब्द हो। यदी कसैले सरी भन्यो भने झगडा मन्थर हुन्छ। सम्वन्धमा सुधार हुन्छ। सद्भाव बढदछ। स्वसमिक्षाले मानिसहरुले (Sorry) शब्दको प्रयोग गर्दछन। तर, त्यही शब्द (sorry) अस्पतालको शल्यकृया कक्षबाट डाक्टर निस्केर बोल्यो भने रिङ्गटा लाग्दछ। पृथ्वी भासिन्छ। मिलीसेकेन्डमै हात(खुट्टा गल्दछन। बोली अवरुद्द हुन्छ। दिमाग सुन्यतामा हराउदछ। आशा र विश्वास क्षणभरमै निरासमा रुपान्तरण हुन्छ।

केही दिन अगाडि म काठमाण्डौमा नगर बसबाट यात्रा गर्दै थिए। बस ट्याक्क रोकियो। बाहिर सडकमा भिडभाड र हल्लाखल्ला थियो। मानिसहरु नारावाजी गर्दै थिए। मैले केही मेसो पाईन( यो के को जुलुस होरु कुनै दुर्घटना भयो किरु मैले अडकल काटे। बसको झ्याल खोलेर कान थापे। बाबै१ बाहिर त मेरै बिरुद्द पो नारावाजी हुँदै थियो। “के पि ‘ – देश छोड” । म झस्किए। मान्छेहरु मेरो विरुद्द किन नारावाजी गर्दै छनरु म आम नागरिक हुँ। अझ भनौ – देशको सामान्य रैति हुँ। मेरो विरुद्द किन नारावाजीरु मैले सरकारी कोषबाट आज सम्म एक कौडी पनि खाएको छैन। सायद मेरो वृद्द भत्ता खाने उमेर सम्म देश टाट पल्टेन भने त्यही खाईन्छ किरु न कुनै नियुक्ति लिएको छु न कुनै नियुक्ति दिएर पैसो असुलेको छु। न कुनै नितिगत निर्णयमा सामेल भएको छु। नत कुनै नेपालीलाई शरणार्थी बनाउन चलखेल गरेको छु। बाल संगठन, स्काउट, गिरिबन्धु, ललिता निवास, आदि ईत्यादि सरकारी जग्गा घोटालामा संग्लन छु। मेरो नाममा विदेशमा सुको पैसा पनि छैन। सरकारी संम्पती हडपेर रजगज पनि गरेको छैन। सरकारी संस्थानहरु बेच्ने र कमिसन खाने त मौकानै पाएको छैन। कुनै दलाल ब्यापारी वा तस्करसंग चोचोमोचो मिलाएको पनि छैन। यती, ॐ म्नी, वाईटवडी, टिकापुर, सहकारी जस्ता ढाकछोप काण्डमा मेरो गोरु बेचेको साईनो पनि छैन। कुनै खुविया एजेन्सीको प्रतिनिधिलाई मध्यरातमा भेटेको पनि छैन। न म कामचोर ठेकेदार हु, न टावर, मन्दिर र जलहारीको सप्लाईकर्ता। म देशको कार्यकारी पदको लागि दिन गनेर प्रतिक्षा सुचिमा रहेको नेता पनि हैन। म मेरो बोलिनै छुद्र छ न म सर्वज्ञान र सर्वविज्ञ हु भनेर घन्टौ उपदेश दिने महा-पिता नै हुँ। म कुनै सार्वजनिक र शक्तिसाली पदमा पनि छैन । सरकारी पद, राजनीतिक पहुच, बिचौलिया र दलाल पनि नभएको हुँदा मैले भष्ट्राचार गर्ने हैसियत पनि राख्दिन। संविधान, कानुन र प्रणाली भन्दा आफ्नो लहडमा काम गर्ने औकात पनि छैन। तर पनि “त चोर होस, तैले देश छोड” भनेर मेरो विरुद्द नारावाजी। म रनभुल्लमा परे।

म गाँऊको गल्लिको ढुङ्गालाई धोई(पखाली, गोवरको टाउको बनाई त्यसैलाई देउता मान्ने वर्गको सामान्य जन्तु हुँ। आँफैले गोवरको टाउको बनाएको ढुङ्गाले पित्रृ उद्दार र आफ्नो, परिवार र मानवमात्रको कल्याण होस भनी त्यही गोवर टाउके ढुङ्गाप्रती नतमस्तक हुने ब्यक्ती हुँ। अहिलेको दलाल पूँजीवादी ब्यबस्था, राजनीतिक दर्शन र सिद्दान्तविहिन पिपलपाते राजनीतिक दलहरु र तिनिहरुका नेत्रृत्वबाटै समाजबाद ल्याउदछन भनेर विश्वास गर्ने जनता हुँ। संम्बृद्द नेपाल शुखी नेपालीको सपना साकार पार्न कुलमानलाई सुन्य अंक दिदा पनि ठिकै छ भन्ने जनता हुँ। जनताबाट नागरिक हुन नसकेको मान्छे छु। भष्ट्राचार, बेथिती, भद्रगोल र अकर्मन्यतालाई दलगतरुपमा आफ्नो र पराई छुट्याउने र सोही अनुसार निस्कृय प्रतिकृयामा रमाउने जनता हुँ। म देशको भन्दा पनि मैले सदस्यता लिएको वा समर्थन गरेको दलको ईमान्दार सिपाही हुँ। ढुङ्गालाई देउता मान्नेले दलाल र बिचौलियाहरुको घेरामा हिंड्ने नेतालाई मैले देवत्वकरण गर्नु कुनै अनौठो कुरा भएन। कुटिल हेराई, लाखौं रुपयाको पहिरनमा करोडौको सवारी साधनमा सरकारी सुरक्षा बिच हिंडेको देख्दा म नतमस्तक हुन्छु। एक पटक उहाको नजर पर्दा आफुलाई भाग्यमानी ठान्दछु । अझ हात मिलाउदा त मोक्ष प्राप्तिको महसुस हुन्छ।

चुनावको बेला मैले मनपराएको राजनीतिक दर्शन र सिद्दान्तलाई पुरै बिर्सन्छु र सत्ता र शक्ति जोड घटाऊको हिसावले हुने गठवन्धनलाई सधाउदछु। आफ्नो दर्शनमा अडिक हुनु भनेको जडसुत्रवाद हो। चुवावको बेला बोतल भित्रको झोल मात्रै होईन बोटलको लेवल पनि छ्यासमिस हुँदा फरक स्वादमा रमाउदछु। प्रकाश शरण, आरजु, बिमलेन्द्र, नैनकला, रघुजी, हितराजहरु समानुपातिक समावेसी कोटाबाट आउँदा गणतन्त्र थप मजभुत भएको महसुस गर्दछु। नेता कार्यकर्ता ब्यबस्थापन गर्न प्रदेस सरकारको औचित्य देख्द्छु। पार्टिलाई एकतावद्द बनाउन आन्तरिक लोकतन्त्रको घाटी थित्दा म खुशीले उफ्रन्छु। तर पनि मेरो विरुद्द किन नारावाजी ? यसो झ्याल बाहिर चियाएर हेरेको पहेला बस्त्र धारणा गरेका, युपिका मुख्यमन्त्रिको फोटोको पोस्टर बोकेका ‘मान्छे’ देखे। शिवरात्रीमा पशुपतिमा आएका जोगिहरु पो हुन कि ? त्यसो हो भने यिनिहरुले मेरो बिरुद्द नारा लगाउनु पर्ने कुनै कारण छैन। फेरी सुने ‘केपी.- ‘देश छोड’। “राजा आउ- देश बचाउ ! ए यीनिहरु त राजावादी पो रहेछन। आफ्नै परिवार बचाउन नसक्नेले देश बचाउदछ होला र ? पत्याउनै अफ्ट्यारो। क्रेन नल्याई आएका रहेछन।

मैले मनमनै सोचे, डाकु भन्दा चोर जाती। हत्यारा भन्दा टोले गुण्डा जाती। तर अर्को मनले भन्यो -डाँका, चोर, हत्यारा, गुण्डा सबै नजाती। हुलमा राजावादी मात्रै होईन केही जनताहरु पनि देखे। बिधमान कुशासन, बेथिती, भष्ट्राचारबाट वाक्क- दिक्क भएका। विकल्पको रुपमा स्यालको ठाउमा हुँडार राख्दा हुन्छ कि भनेर आएका। मैले संझे, हिजो बालेनको फोटो भएको टिसर्ट लगाउदा लखेट्ने र पक्रने सत्ता आज कता गयो ? हिजो कसैको जयजयकार गर्न नमान्य युवाहरुलाई रंगशालामा छानी-छानी कुट्ने क्रान्तिकारी कता गए ? ब्यक्ति प्रधान हुँदा ब्यबस्था भाडमा जावस भन्नेहरुको हाली मुहाली हुँदा हुने भनेकै यस्तै हो। एक मनले चित्त बुझाए। हुन त गत चुनावमा आँफैले गठवन्धन गरी भोटको कारोवार गरेका ब्यक्तिहरु सडकमा आउँदा किन टाउको दुखाउने ?  यता नरम भए उताबाट निम्तो पो आउँदछ कि भन्ने आशा पनि होला।
अब मेरा बिरुद्द नारावाजी गर्ने समुहको बारेमा थोरै कुरा गरौ। चिहानबाट निस्कने भनेको भुत वा प्रेत हो। लुटतन्त्रको विकल्प राजतन्त्र होईन। उन्नत गणतन्त्र हो। निकट बिगत, उत्तराधिकारी र हनुमानहरुलाई हेर्दा ईतिहास पछाडि फर्कन सक्दैन। भाग-बिलो मिलाउने कुचेष्टा हो। हिजो विन्तिपत्र हाल्नेहरु, दाम राखेर दर्शन गर्नेहरु सलबलाउन सक्दछन। फेरी दासता स्विकार्य छैन। मेरो लागी यो टिप्पणीयोग्य बिषय होईन। किनकी म मेरो स्वाभिमान बेचेर अरुको घरमा गोठलो बस्न सक्दिन।

अब उन्नत गणतन्त्रको लागि परिक्षणभै असफल भएका, डुंङ्गडुङ्ती गनाएकाहरु राजनीतिबाट निस्कासित गर्नुपर्दछ। चप्पल पडकाउदै शहर छिरेर आज सामन्तवादको उत्तराधिकारि बनेका सबै-सबैको संम्पती छानविन गरी भष्ट्राचारीहरुलाई आजीवन कारावासमा राख्यो र विधिको शासन स्थापना गर्यो भने मेरा विरुद्द नारा लगाउनेहरु आँफै विलिन हुनेछन। अब जनताले नागरिकको भूमिका खेल्नु पर्दछ। डाक्टरले सरी भन्नु भन्दा पहिले नै देशको उपचार आजको आवश्यकता हो।

वि.सं.२०८१ फागुन २७ मंगलवार १९:३७ मा प्रकाशित

नेपालको प्राकृतिक विपद् र अगस्ट २६ को राष्ट्रिय विपत्ति

नेपालको प्राकृतिक विपद् र अगस्ट २६ को राष्ट्रिय विपत्ति

नेपाल फेरि एकपटक गम्भीर राष्ट्रिय विपत्तिको सामना गरिरहेको छ। २६...

जनैको चमत्कार र रक्षाबन्धनको रक्षा

जनैको चमत्कार र रक्षाबन्धनको रक्षा

म हिन्दू हुँ म पनि शेरबहादुर देउवा जस्तै हिन्दू हुँ।...

विश्व राजनीतिक परिदृश्यः विहङ्गम दृष्टि

विश्व राजनीतिक परिदृश्यः विहङ्गम दृष्टि

आजको विश्व राजनीति एक जटिल संक्रमणकालमा छ, जहाँ अमेरिकाको एकाधिकार...

नेपालमा घाँसको हेलेज प्रविधि, सम्भाव्यता

नेपालमा घाँसको हेलेज प्रविधि, सम्भाव्यता

 हेलेजको परिचय, महत्त्व तथा नेपालमा नयाँ प्रविधि हेलेज (Haylage) भन्नाले...

अमरसिंह थापाको एकीकृत सैन्य रणनीति

अमरसिंह थापाको एकीकृत सैन्य रणनीति

नेपाल एकीकरण अभियान र नेपाल–अंग्र्रेज युद्ध (१८१४–१८१६) का प्रमुख नायक...

“खत्तम छ” भन्ने भाष्यबाट ‘के गर्न सक्छौं ?’

“खत्तम छ” भन्ने भाष्यबाट ‘के गर्न सक्छौं ?’

हामी भेट हुँदा प्रायः सोध्छौंः “के छ खबर ?” उत्तर...