back
CTIZAN AD

फक्ताङलुङको तापेथोकमा कञ्चनजङ्घा पार्क निर्माण हुने

वि.सं.२०८२ वैशाख ५ शुक्रवार

903 

shares

ताप्लेजुङ । कञ्चनजङ्घा संरक्षण क्षेत्रको प्रवेशद्वार मानिने ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ तापेथोकमा ‘कञ्चनजङ्घा पार्क सेन्टर’ निर्माण हुने भएको छ ।

पर्यटन प्रवर्द्धनलाई लक्ष्यित गरी निर्माण हुन लागेको उक्त पार्कको शुक्रबार एक विशेष समारोहका बीच हिमालयन ट्रष्ट युकेका अध्यक्ष ग्राम रिग्ली र डब्लुडब्लुएफ नेपालका राष्ट्रिय प्रतिनिधि घनश्याम गुरुङले संयुक्त रूपमा शिलान्यास गरे ।

कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बुका अनुसार पार्क सेन्टरभित्र आधुनिक सुविधासम्पन्न पर्यटन सूचना केन्द्र, तालिम केन्द्र, सभाहल तथा आगन्तुकको विवरण सङ्कलन गर्ने कार्यालय स्थापना हुनेछन् ।

उनले भने, “अब निर्माण हुने संरचनाले कञ्चनजङ्घा संरक्षण क्षेत्रको व्यवस्थापन प्रभावकारी हुनका साथै स्वदेशी तथा विदेशी पर्यटकका लागि आवश्यक सेवा र जानकारी उपलब्ध गराउ सहज हुनेछ ।” पार्क निर्माणका लागि आर्थिक स्रोत व्यवस्थापनका लागि विभिन्न सरकारी तथा गैरसरकारी निकायसँग सहकार्य गरिने अध्यक्ष फेम्बुले जानकारी दिए । रासस/फाइल फोटो

 

वि.सं.२०८२ वैशाख ५ शुक्रवार ११:४० मा प्रकाशित

राहत सामग्री काठमाडौँ प्रशासनको एकद्वार प्रणालीमार्फत वितरण गर्ने

राहत सामग्री काठमाडौँ प्रशासनको एकद्वार प्रणालीमार्फत वितरण गर्ने

काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका...

काठमाडौं देखि मुग्लिङसम्मको सडकखण्ड पूर्ण रुपमा सुचारु

काठमाडौं देखि मुग्लिङसम्मको सडकखण्ड पूर्ण रुपमा सुचारु

काठमाडौं । बाढी तथा पहिरोका कारण केही दिनदेखि प्रभावित बनेको...

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की । पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी...

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी बाढी प्रभावित...

धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट पनि उद्धार गर्न सुरु

धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट पनि उद्धार गर्न सुरु

भक्तपुर ।  यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको...

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

काठमाडौँ ।  प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने...