back
CTIZAN AD

सामुदायिक विद्यालयका शिक्षकको आन्दोलनमा प्याब्सनको ऐक्यबद्धता

वि.सं.२०८२ वैशाख १५ सोमवार

999 

shares

काठमाडाैँ ।  निजी विद्यालयको छाता संगठन प्याब्सनले सामुदायिक विद्यालयका शिक्षकले गरेको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै उनीहरुको माग सम्बोधन गर्न सरकार समक्ष आग्रह गरेको छ ।

एक प्रेस विज्ञप्ति जारी गर्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले नेपाल शिक्षक महासङ्घद्वारा तय गरिएको आन्दोलनका कार्यक्रमप्रति ऐक्यबद्धता जनाउँदै आएको विषय सर्वविदितै रहेको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘तीन हप्ता भन्दा लामो समयदेखि भइरहेको शैक्षिक आन्दोलन र विद्यालय बन्दका कार्यक्रमले पछिल्लो समय परिस्थितिप्रति गम्भीर बन्दै गएको विषयमा प्याब्सन चिन्तित छ ।’

‘कक्षा १२ को परीक्षा स्थगन हुनु, सामुदायिक विद्यालयमा नयाँ शैक्षिक सत्र प्रारम्भ नहुनु, माध्यमिक शिक्षा परीक्षाको उत्तर पुस्तिका परीक्षण सुरु नहुनु जस्ता घटनाले शिक्षा क्षेत्रमा आगामी दिनमा गम्भीर जटिलता निम्त्याउने जोखिम बढ्दै गएको देखिएको छ ।’ विज्ञप्तिमा उल्लेख छ ।

‘शिक्षा जस्तो संवेदनशील क्षेत्रलाई लामो समय अनिश्चितताको अवस्थामा राख्नु उपयुक्त हुँदैन । त्यसैले, हालको डेडलकलाई यथाशीघ्र अन्त्य गर्न र शिक्षा क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय तथा सम्बन्धित सबै पक्षले जिम्मेवारीपूर्वक पहल गर्न जरुरी देखिन्छ ।’ विज्ञप्तिमा थपिएको छ, ‘प्याब्सनले समग्र शिक्षा क्षेत्रको उन्नयन र सुदृढीकरणमा निरन्तर वकालत गर्दै आएको छ । निजी शिक्षाको आफ्नै विशिष्टता, दायित्व र सञ्चालनका विभिन्न पक्षहरू रहे पनि निजी तथा सामुदायिक दुवै शिक्षा प्रणालीको शैक्षिक सत्र एकैसाथ सञ्चालन हुने भएकाले हालको अन्योल अवस्थाले थप जटिलता सृजना नहोस् भन्ने उद्देश्यले समयमै आवश्यक निर्णय र समायोजन गरिनु आवश्यक छ । यसतर्फ नेपाल सरकारले गम्भीरतापूर्वक कार्यान्वयन गर्न जरुरी छ ।’

प्याब्सनले विज्ञप्ति मार्फत सन्दर्भमा प्याव्सन, शिक्षा क्षेत्रमा देखिएका जटिलतालाई गम्भीरतापूर्वक लिई शिक्षा ऐन तर्जुमा प्रक्रियालाई तीव्र गति प्रदान गर्दै सबै सरोकारवाला पक्षसँग समन्वय गरी निर्दिष्ट र स्थायी समाधानको बाटो पहिचान गर्न नेपाल सरकारसँग आग्रह गरेको छ ।

प्याब्सनले शिक्षक महासङ्घलाई पनि आफ्ना जायज मागहरूमाथि विचार गर्दै सहजीकरणका उपायहरू अवलम्बन गरी निकासको बाटो पहिल्याउन हार्दिक अनुरोध गरेको छ ।

‘शिक्षा क्षेत्रलाई अनिश्चितता र अन्योलबाट मुक्त गरी शैक्षिक निरन्तरताको सुनिश्चितता प्रदान गर्न प्याब्सन सधैँ सकारात्मक भूमिका निर्वाह गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछ । प्याव्सन वार्ता संवाद र प्रतिबद्धताका आधारमा विषयवस्तुहरू टुङ्गोमा पुयाउन सकिन्छ भन्ने विषयमा विश्वास गर्दछ,’ विज्ञप्ति मार्फत भनेको छ ।

 

वि.सं.२०८२ वैशाख १५ सोमवार १७:३८ मा प्रकाशित

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

कोशीमा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन अनुरोध

कोशीमा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन अनुरोध

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

बन्द रहेको स्लेट खानी पुन : सञ्चालन गर्दै मोदी गाउँपालिका

बन्द रहेको स्लेट खानी पुन : सञ्चालन गर्दै मोदी गाउँपालिका

पर्वत । यहाँको मोदी गाउँपालिकाले घर छाउन, आँगनमा बिछ्याउन वा...

मेला हेर्न गएका बालकको डुबेर मृत्यु, अर्काको खोजी जारी

मेला हेर्न गएका बालकको डुबेर मृत्यु, अर्काको खोजी जारी

सिद्धार्थनगर (भैरहवा) । मोहर्रम पर्वका अवसरमा रूपन्देहीको रोहिणी गाउँपालिका–१ गुजरपुरवास्थित...

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...