back
CTIZAN AD

वैदेशिक रोजगार छाडेर पुर्खाहरूको पेसा ‘घुम्तीगोठमा भेडा पालन’ बाट आत्मनिर्भर

वि.सं.२०८२ जेठ १५ बिहीवार

864 

shares

म्याग्दी (बेनी) । म्याग्दीको रघुगंगागाउँपालिका– ७ चिमखोलाका युवा टिका पुन वैदेशिक रोजगार छाडेर पुर्खाहरुको पेसा ‘घुम्तीगोठमा भेडा पालन’ गरेर आत्मनिर्भर बनेका छन् ।

रोजगारको सिलसिलामा कतारमा दुई बर्ष काम गरेपछि घर फर्किएका ४१ बर्षीय पुनले आफ्नै गाउँमा भेडा पालन गर्ने निधो गरेर कतारको रोजगारीलाई त्यागेका थिए । उनले भने, ‘‘मरुभूमिको देशमा काम अनुसारको कमाइ त थियो, खाडी मुलुकमा बगाउने पसिना आफ्नै गाउँका वनजंगल, पाखाबारी र डाँडाकाँडामा बगाउने अठोट गरेर फर्किएको थिए, भेडा पालनबाट अहिले घरखर्च चलाउन सजिलो भएको छ, खाडीको रोजगारी भन्दा आफ्नै भेडीगोठको कमाईबाट सन्तुष्ट छु ।’’

पुनले विगत १४ बर्षदेखि घुम्ती गोठमा भेडा पालन गर्दै आएका छन् । उनलाई भेडीगोठमा उनकै छोरा प्रतिक पुनले सहयोग गरेका छन् । विद्यालय तहको अध्ययन सकेर प्रतिक पनि आफ्नो बुबाले अंगालेको भेडा पालन पेसामा लागेका हुन् । गाउँमा परम्परागत रुपमा हुँदै आएको घुम्ती गोठको भेडा पालन हराएर जाने अवस्थामा पुगे पनि पुनका बाबु छोराले भेडा पालनको पेसालाई जोगाएका छन् ।

सुरुआतमा रु ६ लाख लगानीमा १५० वडा भेडा खरिद गरेर घुम्ती गोठ सुरु गरेका पुनको भेडिगोठमा अहिले ३०० भेडा छन् । बर्षमा ७० वटासम्म भेडा, साँड, खसी विक्रि हुने गरेको पुनले बताए । वनजंगल र बुकीका जडिबुटीयुक्त चरन क्षेत्रमा पालन गरिने भेडा, साँड र खसीको माग अत्याधिक हुने भएकाले विक्रिका लागि बजारको अभाब हुँदैन् ।

खासगरी विभिन्न स्थानहरुमा भाकल पूजाको लागि साँड र बोकाहरुको माग धेरै हुने गर्छ भने दशैँ, तिहारलगायतका ठूला चाडपर्व र विवाह, ब्रतबन्धलगायतका संस्कारजन्य कार्यहरुका लागि खसी र भेडा खरिद गर्न उपभोक्ताहरु गोठमै आउने गरेको पुनले बताए । भेडा पालनलाई व्यावसायिक र व्यवस्थित गर्न पुनले भेडा पालन फर्म नै दर्ता गरेका छन् ।

भेडापालनमा लागेको बर्षौ भएपनि अहिलेसम्म राज्यबाट कुनै सुविधा नपाएको पुनको गुनासो छ । बार्षिक रुपमाफर्मबाट सरकारलाई कर तिर्दै आए पनि आफ्नो भेडिगोठलाई कुनै पनि सरकारी निकायबाट अनुदान र सहयोग प्राप्त नभएको उनले बताए ।

परम्परागत रुपमा घुम्ती गोठ राखेर गरिने भेडापालनलाई व्यवस्थित गराउन भेडापालक कृषकहरुले वनजंगलमा घुम्ती गोठको टहरा बनाउन माग गर्दै आएका छन् । भेडीगोठका किसान र हेरालुहरुलाई हिउँदको हिमपात र बर्षातमा लेकाली क्षेत्रका बुकीमा त्रिपाल र भकारीको छाप्रोमुनि कष्टकर तवरले बस्नुपर्ने बाध्यता रहेको छ ।

अस्थायी टहरा नहुँदा भेडाहरुलाई खुला आकासमा राख्नु पर्दा बर्षा, हिमपात र चिसोको कारण ठूलो संख्यामा भेडाहरु मर्ने र आर्थिक क्षति व्यहोर्नु पर्ने बाध्यता रहेको भेडा पालक किसानहरु बताउँछन् । पछिल्लो समय घुम्ती गोठको भेडापालन हराएर जान थालेको छ । चिमखोलागाउँमा टिका पुनसंगै जगत पुन र रत्न पुनले समेत घुम्ती गोठको परम्परागत भेडापालनलाई निरन्तरता दिदै आउनुभएको छ । घुम्ती गोठका भेडालाई जेठदेखि लेकाली क्षेत्रमा लैजाने गरिन्छ भने असोज लागेपछि फेदी र बेँसीमा गोठ झार्ने गरिन्छ ।रासस/फाइल फोटो

वि.सं.२०८२ जेठ १५ बिहीवार १३:२९ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...