back
CTIZAN AD

स्याङ्जाका चार उत्कृष्ट कृषक सम्मानित

वि.सं.२०८२ असार २५ बुधवार

1.2K 

shares

वालिङ । कृषि ज्ञान केन्द्र स्याङ्जाले यहाँका चार उत्कृष्ट कृषकलाई आज सम्मान गरेको छ । गण्डकी प्रदेश सरकारको ‘उत्कृष्ट कृषि पुरस्कार’ कार्यविधिका आधारमा स्याङ्जामा चार जना कृषकलाई सम्मान गरिएको हो । जिल्लाभित्रका विभिन्न भागमा रही वर्षौंदेखि कृषिलाई नै व्यावसायिकरूपमा अगाडि बढाउँदै आउनुभएका नमूना कृषकहरू छनोट गरी पुरस्कृत गरिएको कृषि ज्ञान केन्द्र स्याङ्जाका सूचना अधिकारी विकास विकले बताए।

सम्मानित हुनेहरूमा फलफूलखेती ९सुन्तला०तर्फ अर्याल अर्गानिक एग्रोफर्मका पुतलीबजार नगरपालिका–१० का सञ्चालक रामबन्धु अर्याल, मौरीपालनतर्फ आँधीखोला मौरीपालन उद्योग तथा तालिम केन्द्र वालिङ–११ का श्यामप्रसाद अर्याल, मिश्रित खेतीतर्फ पित्लेक कालिका कृषि फर्मका वालिङ–५ का सञ्चालक हुमनाथ लामिछाने र खाद्यान्न तथा बीउ उत्पादनतर्फ चन्द्रकान्त डुम्रे कृषि फर्म गल्याङ–११ का सञ्चालक चन्द्रकान्त डुम्रे रहेका छन् ।

कृषकलाई स्याङ्जाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जनही रु १० हजारसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरेका हुन् । कृषि ज्ञान केन्द्र स्याङ्जाले गएको साउनमा कृषक सम्मानका लागि आवेदन दिनेसम्बन्धीको सूचना प्रकाशन गरेको थियो । सोही सूचनाका आधारमा जिल्लाभरीबाट १३ वटा कृषकले आवेदन दिएको उनले बताए।

वि.सं.२०८२ असार २५ बुधवार ०८:३२ मा प्रकाशित

राहत सामग्री काठमाडौँ प्रशासनको एकद्वार प्रणालीमार्फत वितरण गर्ने

राहत सामग्री काठमाडौँ प्रशासनको एकद्वार प्रणालीमार्फत वितरण गर्ने

काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका...

काठमाडौं देखि मुग्लिङसम्मको सडकखण्ड पूर्ण रुपमा सुचारु

काठमाडौं देखि मुग्लिङसम्मको सडकखण्ड पूर्ण रुपमा सुचारु

काठमाडौं । बाढी तथा पहिरोका कारण केही दिनदेखि प्रभावित बनेको...

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की । पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी...

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी बाढी प्रभावित...

धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट पनि उद्धार गर्न सुरु

धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट पनि उद्धार गर्न सुरु

भक्तपुर ।  यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको...

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

काठमाडौँ ।  प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने...