back

मन्त्री गुप्ताको घुस डिल प्रकरणको छानबिन हुनुपर्छ : रास्वपा

वि.सं.२०८२ असार ३१ मंगलवार

1.5K 

shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजीनमा दिएर मात्रै नपुग्ने बताएको छ ।

आज बसेको प्रतिनिधिसभा बैठकको सुरुमै बोलेका रास्वपा सांसद शिव नेपालीले मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएर मात्रै नपुग्ने भन्दै उनी मुछिएको घूस काण्डमा सत्य तथ्य छानबिन हुनुपर्ने बताए ।

मन्त्री गुप्ताले राजीनामा दिएर नैतिकता देखाए पनि गृहमन्त्री रमेश लेखकले आफूमाथि प्रश्न उठ्दा पनि राजीनामा नदिएर पद लोलुपता देखाएको बताए । उनले गृहमन्त्री लेखकले कहिले राजीनामा दिन्छन् भनेर प्रश्न गरे । रास्वपाले गत जेठ १३ गतेदेखि गृहमन्त्रीको राजीनामा माग गर्दै सदन अवरोध गर्दै आइरहेको छ ।

वि.सं.२०८२ असार ३१ मंगलवार १३:५१ मा प्रकाशित

Himalayan Life AD
अण्डाको मूल्य हालसम्मकै उच्च

अण्डाको मूल्य हालसम्मकै उच्च

चितवन । विगत लामो समयदेखि नोक्सान बेहोर्दै आएका नेपालका लेयर्स...

रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते

रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते

रसुवा । जङ्गली भालुको आक्रमणबाट दक्षिणी रसुवाको खाल्चेत क्षेत्रमा आज...

एनएमबि इन्स्टा बाइ’ मार्फत क्रेडिट कार्ड सेवामा एनएमबि बैंकको थप सुविधा

एनएमबि इन्स्टा बाइ’ मार्फत क्रेडिट कार्ड सेवामा एनएमबि बैंकको थप सुविधा

काठमाडौं । एनएमबि बैंकले क्रेडिट कार्ड सेवालाई अझ डिजिटल र...

महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले अन्तर्राष्ट्रिय स्तरको महत्वपूर्ण पुरस्कार...

प्राइम कमर्सियल बैंकका पूर्व सीईओ नारायण दास मानन्धरको ८३ वर्षमा निधन

प्राइम कमर्सियल बैंकका पूर्व सीईओ नारायण दास मानन्धरको ८३ वर्षमा निधन

काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडका पूर्व प्रमुख कार्यकारी अधिकृत...

“करेन्ट नूडल्सू” अब ग्रीन इनर्जीबाट बनाइने: यशोदा फूड्स”

“करेन्ट नूडल्सू” अब ग्रीन इनर्जीबाट बनाइने: यशोदा फूड्स”

काठमाडौँ । करेन्ट नुडल्सका निर्माता यशोदा फुड्सले दिगोपनालाई प्राथमिकता दिँदै...