back
CTIZAN AD

बिस वर्षदेखि कोमामा रहेका साउदीका राजकुमारको मृत्यु

वि.सं.२०८२ साउन ४ आइतवार

1.1K 

shares

काठमाडौं । साउदी अरबका राजकुमार अल वालिद बिन खालिद बिन तलाल अल साउदको निधन भएको छ । दुई दशकसम्म कोमामा रहेका उनको शनिबार निधन भएको हो । लामो समयसम्म कोमामा रहेका कारण उनी ‘स्लिपिङ प्रिन्स’ नामले परिचित थिए ।

सन् २००५ मा १५ वर्षको छँदा बेलायतको लन्डनमा सैनिक तालिम लिइरहेका बेला कार दुर्घटनामा परी गम्भीर घाइते भएका उनलाई २० वर्षसम्म कोमामा राखिएको थियो । उक्त दुर्घटनाबाट मस्तिष्कमा गम्भीर चोट लागेर आन्तरिक रक्तस्राव भएपछि उनी कोमामा गएका थिए ।

राजकुमार वालिद अचेत अवस्थामा रहे पनि कहिलेकाहीँ हुने अनियन्त्रित शरीरका हल्का गतिविधिले केही आशा भने दिलाउँथ्यो । जसकारण ईश्वरीय चमत्कारप्रति विश्वास पिता राजकुमार खालिदले छोरा निको हुने आशा कहिल्यै छोडेनन् ।

तर, साउदी अरबको विशेष स्वास्थ्य केन्द्रले १९ जुलाई २०२५ अर्थात हिजो शनिबार राजकुमार वालिदको निधन भएको घोषणा गरेको हो। अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार राजकुमार वालिदको निधनपछि उनीप्रति व्यापक रूपमा श्रद्धाञ्जली अर्पण गरिएको छ ।

वि.सं.२०८२ साउन ४ आइतवार ११:२१ मा प्रकाशित

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

काठमाडौँ । नेपाली वैज्ञानिक डा शिवप्रसाद अधिकारीलाई अमेरिकामा पुरस्कृत गरिएको...

खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला

खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला

हेटौँडा (मकवानपुर) । हेटौँडा–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता...

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा । पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

४४ वटा म्याक्सस बुकिङ, नाइमाको अफर भदौ १५ सम्मै

४४ वटा म्याक्सस बुकिङ, नाइमाको अफर भदौ १५ सम्मै

काठमाडाैँ । हिमालय अर्गनाइजेसन अन्तर्गत हिमालय मोटरक्स प्रालीले नाइमा मोबिलिटी...